पर्वतमा रक्त सञ्चार केन्द्र प्रभावकारी नहुँदा बिरामी जोखिममा

991
views

विकासराज पौडेल
पर्वत, १६, भदौ । पर्वतमा रक्त सञ्चार केद्र प्रभावकारी नहुँदा रक्तअल्पताका बिरामीहरु जोखिममा पर्ने गरेका छन् । जिल्ला अस्पताल पर्वतले हालैमात्र एक सुत्केरीको जोखिमपूर्ण अबस्थामा सफल शल्यक्रिया गरेको छ । डेलीभरीका लागि अस्पताल आएकी कुश्मा नगरपालिकाकी रजिना श्रेष्ठको सामान्य डेलिभेरी हुन नसकेपछि बुधबार मध्यरातमा सफल शल्यक्रिया गरिएको थियो ।
रक्तसञ्चार केन्द्रमा रगत नहुँदा श्रेष्ठलाई रगत दिने व्यक्ति खोज्नुपरेको डा. हेमा छन्त्यालले बताउनुभयो । छन्त्यालले भन्नुभयो ‘रजिना गर्भवति अवस्थाकी रहिछन्, सामान्य ज्वरो आएर अस्पताल आएकी उनको गर्भवती हुने समय भएकोले चेकजाँज गर्दा रगतको समस्यासँगै बच्चा अड्किएकोले उनको उपचार जोखिममा थियो ।’ छन्त्यालले जिल्लामा भएको रक्तसञ्चारमा समेत रगत नभएपछि उनका आफन्त र एकजना स्वास्थ्यकर्मी समेतले रगत दिनुपरेको बताउनुभयो ।
अहिले रजिनाको शरीरमा अझै दुईपोका रगतको आवश्यकता रहेको अस्पतालले जनाएको छ । रजिनाको बुधबार मध्य रातमा सफल शल्यक्रिया गरिएको छ । उनको शरिरमा द्धनm मात्र रगत रहेको थियो, शरीरमा रगतको मात्रा १२–१६नm रगत भएमा उपयुक्त र १० भन्दा कम भएमा शरीरमा रगतको मात्रा कमी भएको मानिन्छ । श्रेष्ठ रगत बढाउन अस्पतालका एकजना स्वास्थ्यकर्मी र उनका आफन्तको सहयोगमा एक पिन्ट रगत चढाइएको थियो ।
उनको शरिरमा रगतको मात्रा सामान्य अबस्थामा पु¥याउन करिब ४ पोका (पिन्ट) रगत आबश्यक पर्ने भएकाले थप दुईपोका रगत चढाउने अस्पतालले तयारी गरेको छ । पर्वत जिल्लामा एउटा मात्र प्रभावकारी रक्त संचार केन्द्र हुनसके सेवा अझै प्रभाबकारी हुँदै जाने र अस्पतालप्रति बिरामीहरुको आत्मबिश्वास बढ्ने देखिएको छ ।
तस्विरः पूर्ण भण्डारी