कालिगण्डकी माद्यमिक विद्यालयमा नाटक प्रतियोगिता

2359
views

नवदृष्टि संवाददाता
पर्वत, १७ भदौ । सदरमुकाम कुश्मास्थित श्री कालीगण्डकी एकेडेमी आवासीय माद्यमिक विद्यालयले सदनगत नाटक प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयको नियमित कार्यक्रम तालिका अनुसार सो नाटक प्रतियोगिता सम्पन्न गरेको हो । कार्यक्रममा विद्यालयको पहेंलो सदन, हरियो सदन, निलो सदन र रातो सदन गरी सबै सदनका विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुले देशको वर्तमान परिवेश, राजनीति, असल सङ्गतको फल, बाढीपहिरो, बालश्रम, बालशोषण, लागूऔषध तथा दुव्र्यशनी जस्ता विषयलाई विषयवस्तु बनाई कलात्मक रुपमा अभिनय गरेका थिए । नाटक प्रतियोगितामा हरियो सदन र रातो सदनले प्रथम स्थान प्राप्त गरेका थिए । उत्कृष्ट अभिनेता ÷अभिनेत्रीको उपाधि हरियो सदनका उज्ज्वल आचार्य र रातो सदनकी अनुश्का जोशीले प्राप्त गरेकी थिइन् भने उत्कृष्ट प्रस्तोताको उपाधि रातो सदनकी अर्चना रिमालले हातपार्न सफल भएकी थिइन् ।
कार्यक्रमका प्याव्सन पर्वतका अध्यक्ष तथा विद्यालयका प्रिन्सिपल वसन्तकुमार कर्माचार्यले शुभकामना मन्तव्य राख्दै विद्यार्थीहरुको अन्तरनिहीत प्रतिभाको प्रशंसा गर्नुभयो ।
उहाँले अतिररिक्त क्रियाकलापहरुले विद्यार्थीहरुको नेतृत्वसीप तथा संवेदनशील बर्तमान परिवेशका बारेमा अभिनयद्वारा सबैलाई सु–शुचित गर्न सफल भएको बताउँदै उपाधि हातपार्न सफल विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्नुभएको थियो । साथै उक्त कार्यक्रममा राष्ट्रिय शिक्षा दिवस तथा रेडक्रस दिवसका अवसरमा यही भाद्र २१ गते यस विद्यालयको आयोजनामा पर्वत जिल्ला स्थित सम्पूर्ण विद्यालयहरुलाई (सामुदायिक तथा निजी) समेट्ने गरी बृहत् अन्तर मा.वि.स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्न लागिएको जानाकारी गराउनु भयो । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक विक्रम थापाको निर्णायक मण्डलमा शिक्षकद्वय यज्ञप्रकाश जोशी र शिक्षिका रश्मी गौतमले मूल्याङ्कनको अन्तिम नतिजा प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका भाइस—प्रिन्सिपल गोबिन्द पौडेलले गर्नुभएको थियो ।