राफायल नाडाल युएस ओपन टेनिसको क्वाट फाइनलमा

2000
views

काठमाडौं, १८ भदौ । विश्व नम्बर एक टेनिस खेलाडि राफायल नाडाल युएस ओपन टेनिसको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
स्पेनका नाडालले अर्जे्न्टिनाका लियोनार्दो मेयरलाई संघर्षपूर्ण खेलमा ३(१ ले पराजित गरेका हुन् ।
पहिलो सेट ६–७ ले गुमाए पनि नाडालले त्यसपछिका तिन सेट ६–३, ६–१ र ६–४ ले जित्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।
यसैगरी स्पेनका फेलिसियानो लोपेजलाई ६(३, ६(३ र ७(५ ले हराउँदै स्विस खेलाडी रोजर फेडेरर पनि प्रि–क्वार्टरफाईनलमा पुगेका छन् ।
वर्षको अन्तिम ग्राण्ड स्लाम युएस ओपन तेस्रो चरणका अन्य खेलमा विजय हुँदै अष्ट्रियाका डोमिनिक थिएम,अर्जे्न्टिनाका हुँवा मार्टिन डेल पोट्रो र जर्मनीका मिसा भेरेभ पनि अन्तिम १६ मा पुगेका छन् । त्यस्तै महिलातर्फ विश्व नम्बर एक क्यारोलिना प्लिस्कोभा प्रि क्वाटरफाइनलमा पुगेकी छन् । तेस्रो चरणको खेलमा चीनकी साउई झाङलाई ३–६, ७–४ र ६–४ ले पराजित गर्दै प्लिस्कोभा अन्तिम १६ मा पुगेकी हुन् ।