नेवानिको बोइङ भदौ २७ मा नेपालमा आउँदै

2262
views

काठमाडौं २४ भदौ । राष्ट्रिय ध्वाजवाहक नेपाल वायुसेवा निगमले नियमित मर्मतका लागि सिंगापुर लगिएको बोइङ भदौ २७ गते काठमाडौं आइपुग्ने भएको छ । अन्तर्रा्ष्ट्रिय उडान गर्दै आएको निगमको बोइङमा बारम्बार समस्या आएपछि करिब दुई महिनाअघि मर्मतका लागि सिंगापुर लगिएको हो । जहाज मर्मतका लागि निगमले गत जुलाई २२ मा बोइङ सिंगापुर लगेको हो । पूर्ण रूपमा जहाज मर्मत सकिएकाले प्राविधिक र पाइलटको टोली सिंगापुर गई भदौ २७ गते जहाज नेपाल ल्याउने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । मर्मत अवस्थाको जहाज हेर्न मात्र यसअघि निगमका दुई दर्जनभन्दा बढी सदस्य सिंगापुर पुगेका थिए । मर्मत बोइङ नेपाल आएपछि निगमका आठ गन्तव्यमा पहिलेकै तालिकाअनुसार उडान गर्ने कंसाकारले बताए ।
काठमाडौं  राष्ट्रिय ध्वाजवाहक नेपाल वायुसेवा निगमले नियमित मर्मतका लागि सिंगापुर लगिएको बोइङ भदौ २७ गते काठमाडौं आइपुग्ने भएको छ । अन्तर्रा्ष्ट्रिय उडान गर्दै आएको निगमको बोइङमा बारम्बार समस्या आएपछि करिब दुई महिनाअघि मर्मतका लागि सिंगापुर लगिएको हो । जहाज मर्मतका लागि निगमले गत जुलाई २२ मा बोइङ सिंगापुर लगेको हो ।
पूर्ण रूपमा जहाज मर्मत सकिएकाले प्राविधिक र पाइलटको टोली सिंगापुर गई भदौ २७ गते जहाज नेपाल ल्याउने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । मर्मत अवस्थाको जहाज हेर्न मात्र यसअघि निगमका दुई दर्जनभन्दा बढी सदस्य सिंगापुर पुगेका थिए । मर्मत बोइङ नेपाल आएपछि निगमका आठ गन्तव्यमा पहिलेकै तालिकाअनुसार उडान गर्ने कंसाकारले बताए ।
बोइङ मर्मतमा पठाउँदा निगमले दिल्ली, दोहा तथा मलेसियामा गर्दै आएको दैनिक उडानमा कटौती गरेको थियो । यसबाट निगमले हवाई यात्रुसँगको विश्वसनीयता एवं अन्तराष्ट्रिय हवाई यात्रुसमेत गुमाउनुपरेको कंसाकारको भनाइ छ । अन्तर्रा्ष्ट्रिय उडानमा सबैभन्दा बढी यात्रु बोक्न सफल नेपाल एयरलाइन्स बोइङमा समस्या आउँदा दोस्रो स्थानमा झरिसकेको छ । बोइङ मर्मत भएर आएपछि बिस्तारै फेरि पहिलेकै अवस्थामा फर्किने कंसाकारको दाबी छ । बोइङ बिग्रँदा निगमलाई भारतीय जेट एयरवेजले पछि पारेको थियो ।
मर्मत अवस्थाको जहाज हेर्न मात्र यसअघि निगमका दुई दर्जनभन्दा बढी सदस्य सिंगापुर पुगेका थिए ।
निगमले अहिले दुई न्यारोबडी जहाजमार्फत अन्तर्रा्ष्ट्रिय उडान गर्दै आएको छ । करिब २८ वर्षअघि खरिद गरिएको बोइङमा निगमले पछिल्लो समय मर्मतमै बढी समय खर्चिनुपरेको छ । निगम स्रोतका अनुसार पुरानो जहाज एक साता नियमित उडान भयो भने अर्को साता ग्राउन्डेड हुने गरेको छ । बोइङ उडान पाइलट पनि दुई महिनादेखि बेरोजगार बनेका छन् । तर आन्तरिक उडान गर्दै आएको वाई १२ जहाज भने पाइलट अभावकै कारण नियमित उडान हुन सकेको छैन ।