मधेसकी मेरी प्रेमिकालाई भिलेन आएर झुक्यायो–प्रचण्ड

2228
views

नवदृष्टि संवाददता
सिमरा, २४, भदौ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल प्रचण्डले मधेसमा भिलेन आएर आफ्नी प्रेमिकालाई झुक्याएको बताएका छन् ।
दाहालले शनिबार बिहान सिमरा–२३ मा आयोजित चुनावी सभामा बोल्दै प्रचण्डले भने ‘मेरो मधेश र मधेशी जनतासँग प्रेम थियो । तर, बीचमा भिलेन आएर मेरो प्रेमिकालाई झुक्यायो ।’ दाहालले प्रेमिका भ्रममा परेको बताउँदै भने अहिले भिलेनको भ्रम खत्तम भएको छ । मधेश र मधेशी जनताको प्रेमी प्रचण्ड र माओवादी नै हो भन्ने जनताले बुझेका छन् ।’ दाहालले मधेशको मुक्ति चाहने पार्टी माओवादी नै भएको पनि दाबी गरे ।
दाहालले म चुनावी अभियानमा मात्र छैन, बाढी पीडितको अवस्था, क्षति, राहत र पूनस्थापनाका लागि पनि क्रियाशील छु । तपाईहरुको यहाँको अवस्था पनि म निरीक्षण गर्नेछु । हामीले बाढी पीडितका लागि प्याकेज बनाउन मैले सरकारलाई भनिरहेको छु, यसका लागि माओवादी केन्द्रले विशेष भूमिका खेल्नेछु ।’ माओवादी केन्द्र मात्रै देशको मुक्तिको एक मात्र पार्टी हो, आर्थिक विकास र समृद्धिको पार्टी भएको पनि दाहालको भनाई थियो । आफ्नो प्रचण्डले तराई मधेशका बाढी पीडितका पक्षमा माओवादी केन्द्रले काम गर्ने बताउनु भएको छ ।