बार्सिलोनाको सानदार जित, रियल मड्रिड बराबरीमा

1779
views

काठमाडौं २५,भदौ बार्सिलोनाको सानदार जित, रियल मड्रिड बराबरीमा काठमाडौं गते सिजनमा झिनु अन्तरले उपाधि हात पार्नबाट चुकेको बार्सिलोनाले यस पटक ला लिगामा सुरूवातबाटै सानदार गरिरहेको छ । शनिबार राति भएको बार्सिलोनाले स्पानियोल माथि ५(० को सानदार जित निकाल्यो, बार्सिलोनाको जितमा कप्तान लियोनल मेसी नायक बने बार्सिलोनाको जितमा मेस्सी ह्याट्रिक गर्न सफल भए ।
उनले खेलको २६, ३५ र ६७ मिनेटमा गोल गरी ह्याट्रिक गरेका हुन । अन्य दुई गोलमा ९० औं मिनेटमा लुइस स्वारेज र ८७ औं मिनेटमा जेराड पिके ले गोल गरे । नेइमारको ठाउँमा आएका उस्मान डेम्बेलेले यसै खेलबाट बार्सिलोनाका लागि डेब्यु गरेका थिए । उनी ६८ औं मिनेटमा सबस्टिच्युडको रुपमा मैदान छिरेका थिए ।
शनिबार राति नै भएको अर्को खेलमा बार्सिलोनाको चीर प्रतिद्वन्द्वी तथा गत सिजनको विजेता रियल मड्रिड भने लेभान्टेसँग १(१ को बराबारीमा रोकियो । खेलको १२ औं मिनेटमा नै इभान लोपेजको गोल मार्फत रियलमाथि दवाव कायम गर्न सफल लेभान्टेले जित भने निकाल्न सकेन् ।प्रतिबन्धमा कारण स्टार खेलाडी रोनाल्डो बिनै मैदानमा उत्रिएको रियलका लागि भने ३६ औं मिनेटमा लुकास भाजक्वेजले गोल गरेका थिए । त्यसपछि दुवै टोलीको गोल गर्ने प्रयास सफल हुन सकेन् ।
८८ औं मिनेटमा रियल मड्रिडका डिफेन्डर मार्सेलो रेड कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । तीन खेलमा एक जित दुईमा बराबरी खेलेको रियलको ५ अंक भएको छ । तीन खेलबाट ९ अंक भएको बार्सिलोना शीर्ष स्थानमा छ भने समान तीन खेलबाट ५ अंक रहेको रियल छैटौं स्थानमा रहेको छ ।
राति भएका अर्को खेलमा सेभिल्लाले एइबरमाथि ३(० को जीत दर्ता गर्न सफल भयो भने भ्यालेन्सिया र एथ्लेटिको मड्रिडले गोलरहित बराबरी खेले ।