देउवा नेतृत्वको सरकारमा सोमवारसम्म ५४ जनाको जम्बो मन्त्री मण्डल

2141
views

काठमाडौं, २५, भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । राप्रपा प्रजातान्त्रिकका चार नेतालाई समेटेर प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । राप्रपाबाट फुटेर बनेको राप्रपा प्रजातान्त्रिकले प्रधानमन्त्री देउवालाई मन्त्रीका लागि चार जना नेताको नाम दिएको छ । नयाँ मन्त्रीहरुको सपथ ग्रहण सोमबार बिहान ११ बजे हुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
राप्रपा प्रजातान्त्रिकका संसदीय दलका नेता दिपक बोहोराले विज्ञान तथा प्रविधि मन्त्रालय, विक्रम पाण्डेले वन मन्त्रालय र सुनिल थापाले र रेशम लामा उद्योग राज्यमन्त्रीको जिम्मा पाउनेछन् ।
छन् भने राप्रपा प्रजातान्त्रिकले चार मन्त्री, चार राज्यमन्त्री र दुई सहायक मन्त्री बनाउनु पर्ने माग गरेपनि प्रधानमन्त्री देउवाले तीन मन्त्री र एक जना राज्यमन्त्री बनाउन सहमत भएका हन् । प्रधानमन्त्री देउवाले शान्ति तथा पुनर्निर्माण मन्त्रालय भने आफैसँग राख्नेछन् ।
सोमबार राप्रपा प्रजातान्त्रिकका चारजना नेतालाई समेटेर मन्त्रिपरिषद विस्तार गरेपछि प्रधानमन्त्री देउवा नेतृत्वको मन्त्रिमण्डल ५४ सदस्यीय बन्ने छ ।