शेयर बजारमा ८४ करोड बराबरको कारोबार

2275
views

काठमाण्डौ, २६, भदौ । साताको दोस्रो दिन सोमबार बजार परिसूचक नेप्से सामान्य अंकले वृद्धि भएको छ । अघिल्लो दिन ३५ अंकले बढेको नेप्से आज हरियो हुँदा लगानीकर्तालाई केहि राहत मिलेको छ ।
नेप्से सूचक ३६० अंकले बढेर १५२३.२६ को उचाईमा पुगेर बन्द भएको छ । कारोबारमा आएका १६० कम्पनीका १७ लाख १७ हजार १ सय ३९ कित्ता शेयर खरिद बिक्रिबाट ८४ करोड १३ लाख ३४ हजार ३ सय ८० रुपियाँको कारोबार भएको छ ।
आज नबिल बैंकको सबै भन्दा धेरै १६ करोडको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल बैंक, कुमारी बैंक संस्थापक शेयर, नेपाल लाइफ इन्स्योरेन्स लगायत रहेका छन् । आज कारोबारमा आएका समूहगत सूचक मध्ये बैंकिंग, फाइनान्स र अन्य बाहेकका सबै समुहगत सूचक बढेका छन् ।