सर्वोच्च अदालतले सुरु गर्यो भिडियो कन्फेरिन्सङ सेवा

1902
views

नवदृष्टि संवाददाता
काठमाडौँ, ३० भदौ । सर्वोच्च अदालतले भिडियो कन्फेरिन्सङ सेवा शुरु गरेको छ । सो प्रविधिबाट टाढा रहेको स्थानबाट साक्षी परीक्षण गर्ने, बयान गराउने र प्रमाण बुझ्ने काम भएपछि अदातल धाउनुपर्ने बाध्यता हट्नेछ । अदालतले सेवाग्राहीलाई न्याय सेवामा सुनिश्चितता गर्न विहिबार देखि यस्तो सेवा प्रदान गरेको हो ।
मुद्दाको सुनुवाइका क्रममा साक्षी परीक्षण, विशेषज्ञको बयान÷बकपत्र गराउन एवं अभियुक्तलाई हिरासतमा राख्ने–नराख्ने जस्ताको निर्णय पनि भिडियो कन्फेरिन्सङमार्फत सम्बन्धित निकायलाई दिइने छ । सेवाबाट मुलुकभरका कुनै पनि अदालतमा हुने कार्यक्रममा सीधै प्रधानन्यायाधीश तथा न्यायधीशले प्रशिक्षण, तालिम र गोष्ठी समेत सम्बोधन गर्ने छन् ।
भिडियो कन्फेरिन्सङ सेवाको विहिबार प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तान र पोखराका मुख्य न्यायधीश पुरुषोत्तम भण्डारीसँग कुराकानी गरेर शुरुआत गर्नुभएको थियो ।