बेलायतको राजधानी लण्डनमा विष्फोट

1869
views

लण्डन, ३० भदौ । बेलायतको राजधानी लण्डनमा बिस्फोट भएको छ । उक्त बिस्फोट पारसन्स ग्रीन अण्डरग्राउन्ड स्टेशनमा स्थानीय समयानुसार बिहानको ८ बजेर २१ मिनेटमा भएको हो । स्थानीय मिडियाको रिपोर्ट अनुसार बिस्फोटमा थुप्रै घाइते भएका छन् भने धेरैको शरिर जलेको छ ।
घटनास्थलमा फायरफाइटर्स र चिकित्सक खटाइएको इन्डिपेन्डेन्टले बताएको छ ।प्रत्यक्षदर्शीका अनुसार घटनास्थलमा पुलिसको ठूलै टोली र केही मानिसहरु घाइते भएका छन् । ट्रेनभित्र बिस्फोटपश्चात् भाग्ने क्रममा थुप्रै यात्रु घाइते भएका छन् ।