नेपाल एसीसी यु– १९ पुर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाईनलमा

1904
views

काठमाण्डौ, ३१, भदौ । नेपाल एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न सेमिफाईनल अन्र्तगतको खेलमा घरेलु टोली मलेसिया १० विकेटको रोमान्चक जित निकाल्दै फाईनलमा प्रवेश गरेको हो । यो सगैँ नेपाल यू–१९ एसिया कपमा छनोट भएको छ ।
टस हारेर ब्याटिङ गरेको मलेसियाले दिएको १ सय २२ रनको लक्ष्य नेपालले २३.१ ओभरमा बिना विकेटको क्षतिमा पार गर्यो । नेपालको जितमा ओपनरद्वय सन्दीप सुनार नटआउट ५१ र मोहमद आसिफ शेखले नटआउट ५० रन जोडेका थिए ।
मलेसियाको बायुमास ओभलमा टस जितेको नेपालले पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको मलेसिया ४२ ओभर १२१ रनमा अलआउट भयो । मलेसियालाई सामान्य योगफलमा समेट्ने क्रममा नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी एक्लैले ५ विकेट लिए । यस्तै पवन शर्राफले २ विकेट लिए। रोहित पौडेल, सन्दीप लामिछाने र सहाब अलामले पनि १्१ विकेट लिए। सहाबले मलेसियाका लागि सर्वा्धिक रन बनाएका डे सिल्भालाई ३९ रनमा आउट गरेका हुन्। यस्तै विरनदिप सिंहले २५ रनको योगदान गरे।