पैयूँबासीको कर, आन्तरीक राजश्वको तीनदिने सफर

3549
views

पर्वत, १, असोज । पैंयुका करदाताले गाउँमै आयकर बुझाएका छन् । आन्तरिक राजश्व कार्यालय पोखराको घुम्ती कर संकलन शिविरमा उनीहरुले कर बुझाएका हुन् । यहाँ करदाताले पर्वत कुश्मा पुगेर कर बुझाउनुपर्ने बाद्यता छ ।
कर शिविरमा तीन वटै गाउँपालिकाका चार सय ५१ जना ब्यवसायी लाभान्वित भएका छन् । चार सय ५१ जना ब्यवसायीको १८ लाख चार हजार रुपैयाँ जोगिएको पैंयूँ गाउँपालिका तिलकप्रसाद श्रेष्ठले जानकारी दिए । ‘पैंयूँ, बिहादी र महाशिलाका ब्यापार ब्यवसाय गर्दै आएकालाई शिविरले ठुलो राहत दिएको छ’ श्रेष्ठले भने–‘पोखरा र कुश्मा पुग्दा खर्च हुने मोटो रकम बचत भयो ।’
पैंयूँ गाउँपालिका, मर्दिखोला बजार ब्यवस्थापन समिति र पर्वत उद्योग बाणिज्य संघको पहलमा तिनदिने शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा पुरानो कर फस्र्यौट, नयाँ दर्ता गरेका उद्योगलाई तत्काल पान बितरण गर्ने ब्यवस्था मिलाउनका लागि कर अधिकृत हिमबहादुर बस्नेत, कृष्णहरि गौतमको टोली आएको पर्वत उद्योग बाणिज्य संघका उपाध्यक्ष शिव शर्मा पौडेलले बताए ।