कांंग्रेस र एमाले कार्यकर्ताबीच कुटाकुट, सात घाइते

2322
views

जनकपुरधाम, १, असोज । धनुषामा काँग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ । आसोज २ को निर्वाचन निर्वाचनका बेला दुई दलका कार्यकर्ताको कुटाकुट भएको छ ।

झडपमा सात जना घाईते भएका छन् घाईतेको उपचार भैरहेको छ । उक्त झडप नगराईन नगरपालिका वडा नम्बर ८ अकौरा गाँउमा दुईबजेको समयमा भएको थियो । मौन अवधिको बेला शनिबार अबेर राति दुई दलका कार्यकर्ताबीच झडप भएको स्थानीय नेताहरुको भनाई छ ।झडपमा गम्भीर घाईते ईन्द्रकुमार पासवान र अरबिन्द कुमार पासवानको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ । टाउको, कन्चट र अनुहारमा धारिलो हतियारले प्रहार भएकाले ईन्द्रकुमार पासवानको अबस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । त्यक्षदर्शीका अनुसार एमाले समर्थक केही युवाहरुले कांग्रेस समर्थकहरुको अगाडी थुकेको विषयमा विवाद भएपछि झगडा भएको थियो । एमाले कार्यकर्ताहरुले नगराईन नगरपालिकाका कांग्रेसका मेयर पदका उम्मेदबार परमेश्वर यादवको घरमा ढुंगामुढा गरेको कांग्रेस धनुषाका सहसचिव राजकुमार मण्डलले बताए । मत प्राप्तीका लागि आर्थिक चलखेल हुँदा झडप भएको बुझिएको छ ।