जागिर थेग्ने कर्मचारीलाई अर्थोकको के पिर ?

2236
views

नवदृष्टि संवाददाता
काठमाण्डौ, १, असोज । चारहजार आठ सय १२ जना कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । निजामती किताबखानाका सूचना अधिकारी राजेन्द्र पराजुलीका अनुसार छयासी हजार ८ सय ९५ मध्ये चार हजार ८ सय १२ कर्मचारीले सम्पत्ति विवरण नबुझाएका हुन् ।
अहिले ८२ हजार ८३ कर्मचारीले मात्र सम्पत्ति विवरण बुझाएका छन् । सो संख्या निजामती, स्वास्थ्य र संसद् सेवाका कर्मचारीको हो ।
निजामती किताबखानाले गत भदौ २८ गतेसम्म कर्मचारीको सम्पत्ति विवरण बुझाउन समय तोेकेको थियो । अघिल्लो आवमा भने ७८ हजार ५८ कर्मचारीले विवरण बुझाएका थिए ।
किताबखानामा आव शुरु भएको ६० दिनभित्र कर्मचारीले अनिवार्य रुपमा निजामती सेवा ऐनअनुसार सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ । किताबखानाले विशेष र काबु बाहिरको स्थितिका लागि अझै ३० दिन समय तोकेको उनले बताए ।