क्षेप्यास्त्र परिक्षणको नेपालद्वारा निन्दा

1396
views

असोज, १ । उत्तरकोरियाले ३० भदौमा गरेको क्षेप्यास्त्र परीक्षणप्रति नेपालले निन्दा गरेको छ । आज परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त कार्य संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को संकल्पविपरित भएको ठहर गरेको छ ।
सुरक्षा परिषद् र अन्तराष्ट्रिय समुदायको बारम्बारको चेतावनी पछि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण कायम राख्नु निन्दनीय रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।
नरसंहारका लागि प्रयोग हुने हातहतियार निःशस्त्रीकरण गर्नुपर्ने सिद्धान्तमा नेपाल सधैं अविचलित रहेको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ । नेपालले कोरियाली प्रायःद्विपमा शान्ति र स्थिरता देख्न चाहेको छ ।