एनआरएनए युरोप संयोजकमा जर्मनीबाट दावा गेल्जे शेर्पाको उम्मेदवारी

1947
views

जर्मनी, २, असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप संयोजकमा जर्मनीबाट दावा गेल्जे शेर्पाले उम्मेदवारी घोषणा गरेका छन् । हाल सहसंयोजक रहेका शेपाले अक्टोबर १४ देखि १७ सम्म हुने गैरआवासीय नेपाली संघको आठौं सम्मलेनका लागि युरोप क्षेत्रिय संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाली कला सस्कृतिलाई बिश्वमाझ चिनाउनका लागि सक्रिय भूमिका निभाउने घोषणापत्र मार्फत प्रतिबद्धता गरेका दावाले एनआरएन भित्रका हरेक प्रकारका विभेदलाई अन्त्य गर्दै समानता र अपनत्वका लागि साझाँ एनआरएन मैत्री बातावरण बनाउन लागि पर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।