‘अवको राष्ट्रिय अभिभारा संबिधानको कार्यान्वयनमार्फत संमृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल हो’–केपी शर्मा ओली

2208
views

काठमाडौं,, ३, असोज । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘अवको राष्ट्रिय अभिभारा संबिधानको कार्यान्वयनमार्फत संमृद्ध नेपाल, सुखी नेपाली को लक्ष हासिल होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । संविधान जारी भएको दिनमा ओलीले सन्देश दिनुहुँदै अवको राष्ट्रिय अभिभारा संबिधानको कार्यान्वयनमार्फत संमृद्ध नेपाल, सुखी नेपालीको लक्ष हासिल गर्न तीब्रताका साथ अघि बढनु रहेको धारणा राख्नुभएको हो । अव हाम्रो सम्पुर्ण ध्यान आगामी मंसिर महिनाका लागि तय गरिएको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई भयरहित, स्वच्छ र निश्पक्ष वातावरणमा सम्पन्न गरेर संबिधानले परिकल्पना गरेका सम्पुर्ण संरचनालाई पुर्णरुपले स्थापित र परिचालिन हुने परिस्थिति निर्माण गर्ने र राजनीतिक स्थायित्व हासिल गर्दै अघि बढने कुरामा केन्द्रित हुनु पर्दछ ।
‘नेपालको संबिधान जारी भइ कार्यान्वयनको क्रममा अघि बढिरहेको यतिबेला निर्धा्रित मिति ९मंसिर १० र २१ मा० चुनाव टुंग्याएर अवको राष्ट्रिय अभिभारा संबिधानको कार्यान्वयनमार्फत संमृद्ध नेपाल, सुखी नेपाली को लक्ष हासिल गर्न तीब्रताका साथ अघि बढनु आवश्यक छ । प्राकृतिक, साँस्कृतिक र मानव संशाधनका दृष्टिले अत्यन्त प्रवल संभावनायुक्त भएर पनि नेपाल पाछौटे, बिपन्न र गरीव अवस्थामा रहन स्वभाविक कुरा होइन । यतिबेला हामीलाई राष्ट्रिय एकताको आवश्यकता छ । लोकतन्त्रबिरुद्ध अझै पनि षडयन्त्र भइरहेको छ र निलाई सजगताका र दृढताका साथ परास्त गर्दै हामी अगाडि बढनु पर्दछ,’ ओलीले भन्नुभएको छ ।
‘नेपाली जनताले लगभग ७ दशकदेखि आफ्ना निर्वा्चित प्रतिनिधिद्वारा संबिधान निर्माण गरेर त्यसैमार्फत राज्य सञ्चालन गर्ने आकांक्षा राख्दै आएका हुन । यो जन चाहना पूरा गर्न बीर शहीदहरुले आफ्नो अमूल्य जीवन उत्सर्ग गरेका छन । अनगिन्ती अग्रज योद्धातहरुले त्याग, बलिदान र उत्सर्गका गाथाहरु निर्माण गरेका छन । जनताको अनवरत संघर्षको यसै श्रृंखलामा २०६२ ०६३ को ऐतिहासिक जनआन्दोलन पश्चात झण्डै ९ बर्षको प्रयत्नपछि नेपालको संबिधान निर्माण भएको हो,’ ओलीले भन्नुभएको छ, ‘पहिलो संबिधानसभाबाट संबिधान निर्माण हुन नसकेको र दोस्रो निर्वाचन पश्चात गठित संबिधानसभाले समेत अनेकौं अवरोध र ब्यवधानहरुलाई परास्त गरेर मात्रै संबिधान निर्माण गर्न सफल भएको यथार्थ हामी सवैलाई अवगत नै छ ।’
ओलीका अनुसार नेपालको संबिधान नेपाली जनताको लोकतन्त्रको प्रवल आकांक्षाको सफलतालाई बलिदानपुर्ण संघर्षको मुल्यवान उपलब्धीका रुपमा रहेको छ । नेपालको संबिधान नेपालले आफ्नो स्वतन्त्र निर्णयका आधारमा जारी गरेको मुल्यवान दस्तावेजका रुपमा हो । संबिधान निर्माणबाट नेपालको सार्वभौम सत्ता र स्वाधिनता प्रकट र कार्यान्वयन भएको छ भने भौगोलिक अखण्डता र स्वाभिमान अझ सुदृढ भएको छ । संबिधानमा जनताका अधिकारहरु प्रत्याभुत छन । संबिधानले नेपालको शान्ति र स्थायित्व सुनिश्चित गर्दै भविश्यको बिकाश र संमृद्धिको लागि स्पष्ट मार्ग दर्शन गरेको छ ।
ओलीले संबिधानमार्फत नेपाली जनताको दशकौंलामो आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी शासन ब्यवस्था एवं समानता, सामाजिक न्याय र समानतायुक्त, सुसंस्कृत, समुन्नत, लोकतान्त्रिक, संमृद्ध र सवल राष्ट्र निर्माण गर्ने आधारहरु तयार भएको जनाउनु भएको छ । ‘नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक र भौगोलिक लगायतका बिबिधतायुक्त बिशेषताहरुलाई आत्मसाथ गर्दै संबिधानले सामाजिक सदभावमाथि आधारित बलियो राष्ट्रिय एकताको जग निर्माण गरेको छ । यो अझ मजबुत हुँदै जानेछ । संबिधान गतिशिल दस्तावेज भएको हुनाले कार्यान्वयनको क्रममा प्राप्त अनुभवका आधारमा भविश्यमा यो अझ संमृद्ध र बिकशित हुँदै जाने कुरा स्वतः सिद्ध छ,’ ओलीको सन्देशमा भनिएको छ ।
उहाँले स्थानीय तहको निर्वाचन सम्पन्न भएर निर्वा्चित जनप्रतिनिधिहरुले दायित्व सम्हाल्न सुरु गरेको भन्दै संबिधान कार्यान्वयनको महत्वपुर्ण कडीका रुपमा स्थानीय स्थानीय निर्वाचन सम्पन्न हुनु र जनसहभागितामुलक लोकतन्त्र, संघीयता तथा संमृद्धिको आधारशिलाका रुपमा रहेको स्थानीय सरकारहरुले जिम्मेवारी सम्हाल्नु महत्वपुर्ण उपलब्धी रहेको प्रष्ट पार्नुभएको छ ।
‘अव हाम्रो सम्पुर्ण ध्यान आगामी मंसिर महिनाका लागि तय गरिएको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई भयरहित, स्वच्छ र निश्पक्ष वातावरणमा सम्पन्न गरेर संबिधानले परिकल्पना गरेका सम्पुर्ण संरचनालाई पुर्णरुपले स्थापित र परिचालिन हुने परिस्थिति निर्माण गर्ने र राजनीतिक स्थायित्व हासिल गर्दै अघि बढने कुरामा केन्द्रित हुनु पर्दछ,’ ओलीको सन्देशमा भनिएको छ ।
यस्तो छ ओलीको शुभकामना सन्देश
सार्वभौम नेपाली जनताको प्रतिनिधि संस्था संबिधानसभाबाट नेपालको संबिधान निार्मण भई जारी भएको आज दुई बर्ष पूरा भएको छ । संबिधान जारी भएको यस ऐतिहासिक दिनलाई हामीले हाम्रो राष्ट्रिय दिवसको रुपमा मनाउने गरेका छौं । संबिधान दिवसको यस पुनित अवसरमा म स्वदेश तथा बिदेशमा रहनुभएका सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
नेपाली जनताले लगभग ७ दशकदेखि आफ्ना निर्वाचित प्रतिनिधिद्वारा संबिधान निर्माण गरेर त्यसैमार्फत राज्य सञ्चालन गर्ने आकांक्षा राख्दै आएका हुन । यो जन चाहना पूरा गर्न बीर शहीदहरुले आफ्नो अमूल्य जीवन उत्सर्ग गरेका छन । अनगिन्ती अग्रज योद्धातहरुले त्याग, बलिदान र उत्सर्गका गाथाहरु निर्माण गरेका छन । जनताको अनवरत संघर्षको यसै श्रृंखलामा २०६२ ०६३ को ऐतिहासिक जनआन्दोलन पश्चात झण्डै ९ बर्षको प्रयत्नपछि नेपालको संबिधान निर्माण भएको हो । पहिलो संबिधानसभाबाट संबिधान निर्माण हुन नसकेको र दोस्रो निर्वाचन पश्चात गठित संबिधानसभाले समेत अनेकौं अवरोध र ब्यवधानहरुलाई परास्त गरेर मात्रै संबिधान निर्माण गर्न सफल भएको यथार्थ हामी सवैलाई अवगत नै छ ।
नेपालको संबिधान नेपाली जनताको लोकतन्त्रको प्रवल आकांक्षाको सफलतालाई बलिदानपुर्ण संघर्षको मुल्यवान उपलब्धीका रुपमा रहेको छ । नेपालको संबिधान नेपालले आफ्नो स्वतन्त्र निर्णयका आधारमा जारी गरेको मुल्यवान दस्तावेजका रुपमा हो । संबिधान निर्माणबाट नेपालको सार्वभौम सत्ता र स्वाधिनता प्रकट र कार्यान्वयन भएको छ भने भौगोलिक अखण्डता र स्वाभिमान अझ सुदृढ भएको छ । संबिधानमा जनताका अधिकारहरु प्रत्याभुत छन । संबिधानले नेपालको शान्ति र स्थायित्व सुनिश्चित गर्दै भविश्यको बिकाश र संमृद्धिको लागि स्पष्ट मार्ग दर्शन गरेको छ । संबिधानमार्फत नेपाली जनताको दशकौंलामो आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी शासन ब्यवस्था एवं समानता, सामाजिक न्याय र समानतायुक्त, सुसंस्कृत, समुन्नत, लोकतान्त्रिक, संमृद्ध र सवल राष्ट्र निर्माण गर्ने आधारहरु तयार भएका छन । नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक र भौगोलिकलगायतका बिबिधताय’क्त बिशेषताहरुलाई आत्मसाथ गर्दै संबिधानले सामाजिक सदभावमाथि आधारित बलियो राष्ट्रिय एकताको जग निर्माण गरेको छ । यो अझ मजबुत हुँदै जानेछ । संबिधान गतिशिल दस्तावेज भएको हुनाले कार्यान्वयनको क्रममा प्राप्त अनुभवका आधारमा भविश्यमा यो अझ संमृद्ध र बिकशित हुँदै जाने कुरा स्वतः सिद्ध छ ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएर निर्वा्चित जनप्रतिनिधिहरुले दायित्व सम्हाल्न सुरु गरेका छन । संबिधान कार्यान्वयनको महत्वपुर्ण कडीका रुपमा स्थानीय स्थानीय निर्वाचन सम्पन्न हुनु र जनसहभागितामुलक लोकतन्त्र, संघीयता तथा संमृद्धिको आधारशिलाका रुपमा रहेको स्थानीय सरकारहरुले जिम्मेवारी सम्हाल्नु महत्वपुर्ण उपलब्धी हो । अव हाम्रो सम्पुर्ण ध्यान आगामी मंसिर महिनाका लागि तय गरिएको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई भयरहित, स्वच्छ र निश्पक्ष वातावरणमा सम्पन्न गरेर संबिधानले परिकल्पना गरेका सम्पुर्ण संरचनालाई पुर्णरुपले स्थापित र परिचालिन हुने परिस्थिति निर्माण गर्ने र राजनीतिक स्थायित्व हासिल गर्दै अघि बढने कुरामा केन्द्रित हुनु पर्दछ ।
नेपालको संबिधान जारी भइ कार्यान्वयनको क्रममा अघि बढिरहेको यतिबेला निर्धारीत मिति मंसिर १० र २१ मा चुनाव टुंग्याएर अवको राष्ट्रिय अभिभारा संबिधानको कार्यान्वयनमार्फत संमृद्ध नेपाल, सुखी नेपाली को लक्ष हासिल गर्न तीब्रताका साथ अघि बढनु आवश्यक छ । प्राकृतिक, साँस्कृतिक र मानव संशाधनका दृष्टिले अत्यन्त प्रवल संभावनायुक्त भएर पनि नेपाल पाछौटे, बिपन्न र गरीव अवस्थामा रहन स्वभाविक कुरा होइन । यतिबेला हामीलाई राष्ट्रिय एकताको आवश्यकता छ । लोकतन्त्रबिरुद्ध अझै पनि षडयन्त्र भइरहेको छ र निलाई सजगताका र दृढताका साथ परास् गर्दै हामी अगाडि बढनु पर्दछ ।
अन्त्यमा नेपालको संबिधान निर्माणका निम्ति भुमिका खेल्नुहुने तात्कालिन संबिधानसभाका सदस्यहरु, राजनीतिक दल, आम जनसमुदाय र हामीप्रति सदभाव राख्ने सवै अन्तराष्ट्रिय मित्रहरुप्रति धन्यवाद र आभार प्रकट गर्न चाहन्छु ।