एनआरएनएको केन्द्रीय महासचिवमा बेल्जियमबाट श्रेष्ठको उम्मेदवारी

1840
views

बेल्जियम, ३, असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय महासचिवमा बेल्जियमबाट अर्जुन कुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

आउदो १४ देखि १७ अक्टोबरमा हुने आठौं विश्व सम्मेलनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेको बताए । श्रेष्ठले भने ‘एनआरएनएको संस्थागत विकास, सांगठनिक सुधारमा आफ्ना अनुभव र सिपलाई उपयोग गर्नका लागि उम्मेदवारी घोषणा गरेको हुँ ।’

श्रेष्ठ संघको सचिव रहेर आफ्नो भूमिका निभाइसकेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय महासचिवमा उम्म्देवारी दिएको घोषणा गरेका हुन् ।