सामसङ ग्यालेक्सी ‘नोट ८’ यस्ता छन् विशेषता र मूल्य

1846
views

काठमाडौं, ३, असोज । नेपालका लागि सामसङको अधिकृत विक्रेता सामसङ इलेकट्रोनिक्सले सामसङ ग्यालेक्सी नोट ८ नेपालमा पनि सार्वजनिक गरेको छ । नोट ८ मा १२ मेगा पिक्सेलको डुयल क्यामरा र ८ मेगा पिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

नोट ८ मा १२ मेगा पिक्सेलको डुयल क्यामरा र ८ मेगा पिक्सेलको फ्रन्ट क्यामरा

एन्ड्रोएड ७.१ अपरेटिङ सिस्टम रहेको नोट ८ मा ग्राहकको आवश्यकता अनुसारका विशेषता रहेको नेपाल कार्यालयका डेपुटी जनरल म्यानेजर प्रणयरत्न स्थापितले बताए । उक्त मोवाईल आगामी असोज २४ गतेदेखि बजारमा उपलब्ध हुने जनाइएको छ । मोबाइलको बजार मूल्य १ लाख ३ हजार रुपैयाँ रहेको छ । बैंकमार्फत् किस्ताबन्दी योजनामासमेत खरिद गर्नसकिने कम्पनीले जनाएको छ ।