डा. गोविन्द केसीद्वारा १२ औँ पटकको अनसन घोषणा, बर्खास्त खड्कालाई कार्वाहीको माग

648
views

काठमाडौँ, ३, असोज प्राध्यापक डा. गोविन्द केसीले असोज २० बाट पुनः अनसन बस्ने घोषणा गरेका छन् । उनले विभिन्न माग राख्दै १२ औँ पटकको अनसनको घोषणा गरेका हुन् । डा. केसीले माथेमा आयोगको प्रतिवेदनअनुसार चिकित्सा ऐन पारित हुनुपर्ने, काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन लिएका मेडिकल कलेजले सरकारले तोकेकै शुल्क लागु गर्नुपर्नेलगायतका माग राखेका छन् ।
त्यस्तै डा. केसीले बर्खास्त भएका आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्कामाथि छानबीन तथा कारबाही गर्नुपर्ने, स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापन सुरु गर्नेगरी बजेटको व्यवस्था गर्नुपर्ने, काठमाडौँ विश्वविद्यालयका डिन राजेन्द्र कोजुलाई बर्खास्त गर्नुपर्ने पनि माग राखेका छन्।