विष्णुपुर गाउँपालिकामा संघीय फोरम विजयी

678
views

लहान, ५, असोज । सिरहाको विष्णुपुर गाउँपालिका प्रमुखमा संघीय समाजवादी फोरम नेपालका जागेश्वर यादव विजयी भएका छन् । यादवले एक हजार ९४० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एमाले का सत्यनारायण यादवले एक हजार २८० मत प्राप्त गरेका थिए । गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का सतदेव यादवले एक हजार २५४ मत प्राप्त गरेका थिए ।
सो गाउँपालिकाको उपप्रमुखमा संघीय फोरम नेपालकै अरहुलादेवी सिंहले दुईहजार सात मत प्राप्त गरी विजयी भएकी छिन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी ललितादेवी यादवले एक हजार २२० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।