बाढी पीडितलाई थाइ सरकारको ६१ लाख रुपैयाँ आर्थिक सहयोग

1464
views

रिना खनाल
काठमाडौ, ५, असोज । नेपालका बाढी पीडितलाई थाइ सरकारले ६१ लाख ४४ हजार तीन सय त्रियानब्बे रुपैया चौबीस पैसा आर्थिक सहयोग गरेको छ । उक्त रकमको चेक स्वास्थ्य मन्त्रलायमा भएको एक कार्यक्रममा थाइल्यान्डका राजदुत भाकाभत टान्सकुलले स्वास्थ्यमन्त्री गिरीराजमणी पोख्रेललाई हस्तानान्तरण गर्नुभएको हाे ।

चेक हस्तानान्तरणपछि स्वास्थ्य मन्त्री गिरिराजमणि पोख्रेलले थाई सरकारले सोचेभन्दा पनि बढी सहयोग गरेको बताउनुभयो । मन्त्री पोखे्रलले तराईमा आएको बाढीले २६ जिल्लामा पुर्याएको क्षतिलाई मध्यनजर गर्दै थाई सरकारले गरेको उक्त सहयोगका प्रति हृदय देखी नै आभार प्रकट गर्नुभयो ।

स्वास्थ्य मन्त्री पोख्रेलले नेपालको अर्थतन्त्रमा निकै ठुलो क्षति पु¥याएको भन्दै थाई सरकारको सहयोग अविष्मरणीय समेत रहेको बताउनुभयो । उहाँले नेपाल सरकारको तर्फबाट थाई सरकारलाई धन्यवाद ज्ञापन गर्दै सरकार उद्धार र राहतको काम सकेर पुन निर्माणमा लागेको समेत जानकारी दिनुभयो ।

मन्त्री पोख्रेलले भर्खर स्थानीय तहको निर्वाचन सम्पन्न भएको बताउँदै यसलाई ठुलो प्रगतिको रुपमा माननुपर्ने बताउनभयो । उहाँले थाई सरकारको सयहोग पछि अप्ठ्यारो बेलाको मित्र नै लामो र सच्चा मित्र रहेको बताउनु भयो । सो सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राखिने समेत स्वास्थ मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो । उहाँले सो रकम लक्षित वर्ग, क्षेत्र, समुदायका बासिन्दा समक्ष पु¥याउने विश्वस दिलाउनुभयो ।

नेपाल र थाइल्यान्ड बिच सन् १९६०मा कुटनितिक सम्बन्ध स्थापना भए देखि नै विभिन्न सहयोग रहि आएको छ । त्यस्तै थाइ सरकारले धार्मिक क्षेत्रमा पनि नेपाललाई विशेष सहयोग गर्दै आएको मन्त्री पोख्रेलको भनाई थियो । उक्त आर्थिक सहयोग नेपाल सरकार मार्फत बाढी पीडित समक्ष वितरण हुनेमा थाइल्यान्डका राजदुत भाकाभत टान्सकुलले विश्वास व्यक्त गर्नुभयो ।