कल्यणपुरमा कांग्रेस, मिर्चैयामा माओवादी विजयी

643
views

लहान सिरहा, ६ असोज । सिरहाको कल्याणपुर नगरपालिकामा नेपाली कांगेस विजयी भएको छ । उक्त नगरपालिकाको प्रमुखमा सुर्यनाथ मण्डल र उपप्रमुखमा रोशिणी कुमारी यादव विजयी भएका हुन् ।
मण्डलले ४८ सय ४ मत प्राप्त गर्दै विजयी भएका हुन् भने यादवले ४५ सय ९७ मत हासिल गरेकी थिईन् । उक्त नगरपालिकाको प्रतिष्पर्धामा राष्ट्रिय जनता पार्टी रहेको थियो ।
मिर्चैया नगरपालिकामा माओवादीको जित
सिरहाको मिर्चैया नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ। मेयर उम्मेदवार श्रवण यादवले निकटमत प्रतिस्पर्धी कांग्रेसका सिताराम यादवलाई १४ सय १९ मतको फराकिलो अन्तरले पराजित गर्दै जित हात पारेका हुन् । श्रवणले ४७ सय ३८ मत प्राप्त गरेका छन् भने सितारामले ३३ सय १७ मत हासिल गरेका छन् ।
यसैगरी, उपमेयरमा माओवादी केन्द्रकी जिवछी देवीले ४९ सय ३९ मत प्राप्त गरी विजय भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी निर्जला कुमारी सिंहले ३२ सय ९९ मत ल्याएकी छन् । योसँगै १७ स्थानीय तहमा माओवदी केन्द्र चार तहमा जित हासिल गरेका छन् ।