पस्मिना व्यावसायिले गरे अपाङगता, जेष्ठ र वृद्धलाई आर्थिक सहयोग

2509
views

नवदृष्टि संवाददाता
नुवाकोट, ७ असोज । नुवाकोट बिदुर–२ इन्द्रचोकका रमेश श्रेष्ठ अहिले काठमाण्डौमा पस्मिना ब्यवसाय गर्दै आइरनुभएको छ । श्रेष्ठले अपाङगता भएका व्यक्ति र जेष्ठ नागरिकलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने हेतुले आर्थिक सहयोग गर्नुभएको हो । उहाँले १७ जना असहाय, बृद्ध, अपांग तथा जेष्ठ नागरिकहरुलाई उहाँले मासिक सात सय रुपैयाँको दरले सहयोग गर्दै आउनुभएको छ ।

सानै उमेरमा सामाजिक सेवा भाव जागेका श्रेष्ठले आफ्नो आम्दानी नभएर सहयोग गर्ने मन भएर पनि सहयोग गर्न सक्नुभएन् । पछि पस्मिना व्यवसायबाट केही आम्दानी हुन थालेपछि उहाँले अपाङगता, वृद्ध तथा जेष्ठ नागरिकहरुलाई सहयोग गर्नुभएको हो । उहाँले विगत दुई वर्षदेखी मासिक रु ७०० आर्थिक सहयोग गर्दै आएको बताउनुभयो । श्रेष्ठले भन्नुभयो ‘म सानै उमेरमा सामाजिक सेवा गर्ने मन थियो , तर, त्योबेला मसँग रकम थिएन् मैले व्यावसाय सुरु गरी सोही व्यवसायबाट रकम संकलन गरी आर्थिक सहयोग गरेको हुँ ।

श्रेष्ठले उपलब्ध गराउँदै आएको सो रकम आज एक कार्यक्रमकाबीच प्रदान गरिएको छ ।। सो रकम भुटोल बजार निवासी नुवाकोट दरवार विकास समितिका अध्यक्ष सुमन बाबू श्रेष्ठ मार्फत प्रदान गरिएको थियो । रकम वितरण कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । उक्त रकम दरबार विकास समितिको सहकार्यमा गत दुई वर्षदेखी प्रत्येक महिनाको पहिलो शनिबार बितरण गरिदैं आएको छ । श्रेष्ठबाट प्राप्त उक्त रकमले घरखर्च टार्नको लागि सहयोग पुगेको एकल महिला गंगा बोगटीले बताउनुभयो ।

६५ बर्षिय काले कसाईले जो काम गरेर खान नसक्ने अवस्थामा हुनुहुन्छ श्रेष्ठले दिएको रकमले धेरै सहयोग पुगेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ म घरमा एकलै छु पहिले कुल्ली काम गरेर जिबिका चलाउदै आएको थिएँ, उमरेले ६५ बर्षको भएँ हाम्रो लागि उक्त सहयोग बरदान नै हो ।

२० जनालाई प्रदान गरिने भएपनि केहि ब्यक्तिको मृत्यु भैसकेकोले हाल १७ जना लाई मात्र प्रदान गरिदै आइएको छ । आफुले कमाएको केही प्रतिशत सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका श्रेष्ठले नुवाकोटमा आफुले सानै देखि देखेको तर उहाँहरुको आर्थिक अवस्था एकदम कमजोर रहेको र बाँच्नको लागि कठिन अवस्था देखेर नै आफुले विगत दुईवर्षदेखी रकम वितरण गर्दै आएको बताए ।