महेन्द्र जिसी
पर्वत, ७ असोज । जिल्लामा क्रियाशिल सहकारीहरुलाई लगानी डुब्ने त्रास बढेको छ । सहरकारीहरुले लगाएको कर्जा लगानी र व्याजमा केन्द्रीत बन्दा लागानी डुब्ने खतरा बढेको सहकारीका सञ्चालकहरुको भनाई छ । सहकारीहरु लगानीमैत्री बन्दा कर्जा लगानी हुने र लगाएको कर्जा उठाउन दोहोरो समस्या परेको हो ।
विषेश गरी सदरमुकाम आसपासका स्थानीयहरु मार्फत सञ्चालनमा आएका सहकारीहरुले शेयर सदस्यको विस्वासमा ऋण लगानी गर्दा नउठ्ने खतरा बढेको हो ।
जिल्ला कै मुख्य आर्थिक कारोवार गर्दै आएको शुभ लक्ष्मी सहकारीको साधारण सभामा सहभागिहरुले सहकारीहरु सामाजिक काममा भन्दा कमाउने पेशाको रुपमा रहँदा लगाएको लगानी नउठने र कर्जा लगानी घट्दै गएको बताएका छन् । वार्षिक तीन करोडसम्म कारोबार गर्दै आएका सहकारीहरुले शेयर धनीमुखी बन्दा साधारण सदस्य मैत्री बन्न नसकेको हो ।
सहकारीको नवौ साधारण सभामा बोल्दै सहकारीका उपाध्यक्ष बसन्त कुमार जोशीले पछिल्ला सहकारीहरु प्रतिस्पर्धात्मक रुपमा रहेका कारण सहकारीहरुले सामाजीक दायित्वमा ख्याल राख्दै वार्षिक कारोवार सञ्चालन गर्नुपर्ने अवस्था सृजना भएको बताउनु भयो ।
साधारण सभाको उद्धघाटन गर्दै प्रमुख अतिथी एवं सहकारी शेयर सदस्य रामचन्द्र जोशीले सहकारी सञ्चालकहरु ऋणीमैत्री र लागनीमैत्री बन्नुपर्ने भएको बताउनु भयो ।
कार्यक्रममा सहकारीको वार्षिक गतिविधि तथा आगामी योजनाको प्रतिवेदन प्रस्तुत गरीएको थियो । आर्थिक प्रतिवेदन कोषाध्यक्ष बसन्त कर्माचार्यले प्रस्तुत गर्नुभएको हो भने आगामी योजना सहितको प्रतिवेदन सचिव कमलनाथ शर्माले प्रस्तुत गर्नुभएको थियो ।
प्रतिवेदन प्रस्तुत गर्दे शर्माले सहकारीले विगतका वर्षमा जस्तै सामाजिक काम गर्र्दै आएको बताउनु भयो । सामाजिक उपसमितिको निर्णय अनुसार यसवर्ष सामाजिक काम अन्तर्गत शिवालय माविमा अध्ययनरत लैला खातुलनलाई दशहजार नगद सहयोग गरीएको छ ।
कार्यक्रममा लेखा समिति संयोजक कमलनाथ शर्मा, ईशवर गिरी, शान्तिनारायण श्रेष्ठ लगायतले वोल्नुभएको हो । कार्यक्रममा पूर्व कार्यरत कर्मचारीहरुलाई सम्मान गरिएको हो । सहकारी अध्यक्ष विषम श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभाको सञ्चालन सचिव कमलनाथ शर्माले गर्नुभएको थियो ।