नगरसभा रोक्ने, काँग्रेस ठोक्ने एमाले पर्वतको दाऊ

1739
views

महेन्द्र जिसी
पर्वत, ७ असोज । कुश्मा नगरपालिकामा बहुमतको दम्भ देखाउँदै आएको एमाले पर्वतले अन्तत वडा अध्यक्षहरुको नामबाट विज्ञप्ती प्रकाशित गर्दै नगरसभा रोक्ने र काँग्रेलाई ठोक्ने दाऊमा पुगेको छ ।
एमाले निकट वडाअध्यक्षहरुले शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै नगरप्रमुख रामचन्द्र जोशीलाई लेटर प्याड र छापको दुरुपयोग गरेको, सुनियोजत प्रेस वक्तव्य जारी गरेको केटाकेटी आरोप लगाएका छन् ।
एमाले निकट वडा अध्यक्षहरुले वडा भेलाबाट आएका योजनाहरुलाई लत्याएर नगरप्रमुखले एकलौटी रुपमा योजना छनौट गर्ने प्रस्ताब राखेको समेत दाबी गरेका छन् । विज्ञप्तीमा उनिहरुले नगरप्रमुखले वडा तहबाट आएका योजनाहरुलाई लत्याएर एकलौटी रुपमा आफुँले बजेट बाड्न पाउनुपर्ने अडान राखेका कारण परिषद् हुन नसकेको जनाएका छन् ।
बहुमत सदस्यले ठुला योजनामा बजेट राख्न नदिई टुक्रे योजनाको माग गरेर परिषद् हुन अबरोध गरेको भन्दै नगरप्रमुख रामचन्द्र जोशीले बिज्ञप्ती प्रकाशित गरेका थिए । त्यसैको काउण्टर दिदैं कार्यपालिकाका बहुमत सदस्यहरुले त्यसको खण्डन गदैृ यस्तो विज्ञप्ती प्रकाशित गरेका थिए ।
कुस्मा नगरपालिकामा प्रमुख र उपप्रमुख बाहेक एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुको बाहुल्यता छ । वडाध्यक्षहरुले विज्ञप्तीमा भनेका छन् ‘ हामीले वडा भेलाबाट पारित गरेर प्रस्ताब गरिएका योजनाहरुमा हामीबाटै अवरोध भयो भन्ने कुराले हामीलाई थप अचम्मित र आक्रोशित तुल्याएको छ ।’
विज्ञप्तीमा कर्मचारीको निश्कासन, नगरको खर्च कटौती तथा ठुला आयोजनाको विरोध गर्दे बिज्ञप्तीमा ‘ कृषि, पशु, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, आदिबासी जनजाती, दलित, मुस्लीम, अपाङ्ग तथा अल्पसंख्यकका अपेक्षाहरु सम्बोधन हुन नसकेको समेत जनाएका छन् ।
समन्वय समिति लगायत अन्य कार्यालयमा दलिय भागवण्डामा कर्मचारी व्यवस्थापन हुँदै आएको जिल्लामा कुश्मा नगर पालिकामा भने कर्मचारीको म्याद थप गर्न लोक सेवा मार्फत खुल्ला प्रतिस्पर्धा गराईनुपर्ने अध्यक्षहरुले बताएका छन ।