एनआईसी एसिया बैंकमा लाभग्राहीको आकर्षण

पर्वतबासी भन्छन् एनआइसी एसिया बैंक नै ठिक

2504
views

नवदृष्टि संवाददाता
पर्वत, ८ असोज । एनआईसी एसिया बैंकमा लाभग्राहीको आकर्षण ह्वात्तै बढेको छ । बैंकको पछिल्लो लगानी एवं निक्षेपले समेत यहि देखाएको छ । एनआईसी एसिया बैंक शाखा पर्वतमा लाभग्राहीको आकर्षण बढ्नुको कारण एनआईसी एसिया बैंकले प्रदान गरेको सेवासुविधाका कारण भएको लाभग्राहीको भनाई छ ।

यस क्षेत्रमा पोखरा सहित १२ वटा शाखा कार्यालय र एक विस्तारिक काउन्टर रहेको एनआईसी एसिया बैंकले दशैंको अवसरमा देशव्यापी घरदैलो कार्यक्रम अभियान गरेको छ । यसैबीच पर्वत शाखाले पनि घरदैलो अभियानलाई तिव्रता दिएको छ । विगतमा निशुल्क स्वास्थ शिविरमा सहयोग, पाङ्, खुर्कोटवासिलाई वित्तिय साक्षरता, जिल्लाका विभिन्न स्थानहरुमा वृक्षारोपण, विभिन्न कार्यक्रममा सहयोग र सम्मान जस्ता कार्यक्रम गर्दै आएको बैंकले सेवाग्राहीलाई प्रत्यक्ष लाभ हुनेगरी दशैं र तिहारको अवसरमा घर कर्जा कार्यक्रम समेत ल्याएको छ ।

बैंकले २५ बर्षसम्मको कर्जा भुक्तानी अवधी, दुईवर्षसम्म व्याजदर परिवर्तन नहुने, तीन कार्यदिनभित्र कर्जा स्विकृत हुने, प्रोसेसिङ , अग्रिम भुतmानी, धितो मुल्याङकन , बिमा तथा कर्जा सुचना लगाएतका कुनै दस्तुर ÷ शुल्क नलाग्ने गरी घर निर्माण गर्न, घरजग्गा खरीद गर्न वा अन्य बैंक तथा वित्तिय संस्थाको कर्जा स्वाप समेत गरीने कुश्मा शाखाका शाखा प्रवन्धक विजय चापागाईले बताए । चापागाईले कुश्मा शाखा स्थापनाको १० महिनामा बैंकले दिने सेवा मार्फत कुश्मबासीहरुको मन जित्न सफल भएको समेत बताए ।

दुई स्वस्थ ‘क’ वर्गका बाणिज्य बैंकहरुबीचको मर्जरपछि २०७० मा स्थापित एनआइसी एसिया बैंकले सुशासन र जनउत्तरदायि भुमिकालाई विशेष प्राथमिकता दिएको कार्यालयले जनाएको छ ।सेवाग्रहीलाई लाभ हुने कार्यक्रम प्रदान गर्दै आएको एनआइसी एसिया बैंकले गण्डकी, धौलागिरी क्षेत्रमा ४ अर्ब रुपैयाँ लगानी गर्नुको साथै ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरिसकेको बताउँदै शाखाका शाखा प्रवन्धक विजय चापागाइले भने ‘शाखाले देशव्यापी अभियान अन्र्तगत दशैं र तिहारको अवसरमा ल्याइएको घरदैलो अभियानले सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।’

बैंकले सेवाग्राहीलाई मध्यनजर गर्दै बचत खातामा ९ प्रतिशत व्याज उपलब्ध गराउँदै आएको बैंकले सुन्य मौजादमा खाता खोल्न सकीने साथै निशुल्क एटिएम कार्ड, निशुल्क मोवाईल बैंकिङ्ग सेवा प्रदान गरेको बैंकका कुश्मा शाखाका सेवा प्रवन्धक तुलसीराम आचार्यका जानकारी दिए ।

पर्वतका फलेवास नगरपालिका, जलजला गाउँपालिकामा समेत शाखा विस्तार गर्ने लक्ष्य लिएकोएनआइसी एसिया बैंकले गएको आर्थिक बर्षमा एक अर्ब ४६ करोड ९६ लाख मुनाफा गर्न सफल भएको शाखाले जनाएको छ ।

एनआईसी एसिया बैंकका बारे अधिकाँस सेवाग्राहीले अन्य बैंकमा जस्तै लाईन लाग्नुनपर्ने, बैंकमा ढिला सुस्ती नहुने बताएका छन् । सेवाग्राहीले एनआईसी बैंकले प्रदान गरेको सेवासुविधा जनमुखी भएको बताएका छन् ।