मौसमको प्रभाव, लाङटाङमा पर्यटकको आगमन शुरु

1962
views

नवदृष्टि संवाददाता
रसुवा, १० असोज । समयले माग गरेपछि पर्यटकहरुको आर्कषण बढ्नु स्वभाविक नै हो । मौसम शुरु भएपछि नेपालका हरेक ठाउँहरुमा पर्यटकहरुको आर्कषण बढ्न थालेको छ । पर्यटकहरु नेपालका सौन्दर्य स्थानहरुको दृश्यावलोकन गर्न विभिन्न देशहरुबाट आउने गरेका छन् । पर्यटनकै लागि लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटक आउने क्रम शुरु भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जका पर्यटक अभिलेखकर्ता केशवराज भेटवालका अनुसार गत हप्तादेखी यस क्षेत्रमा एकसय ९० भन्दा बढी पर्यटकहरु भित्रिसकेका छन् । दैनिक ६० भन्दा बढी पर्यटक अहिले यहाँ आउन थालेको भेटवालको भनाई छ । साउनदेखि प्रायः सुनसान रहेको लाङटाङ र गोसाइँकुण्डमा पर्यटकको आगमन बढेसँग पर्यटन व्यवसायीमा उत्साह छाएको छ । यस क्षेत्र पर्यटनका लागि निकै राम्रो भएकोले समयसँगै पर्यटकहरुको आगमन हुन थालेको व्यावसाियहरुको भनाई छ ।