काँग्रेस महामन्त्री डा. कोइराला पूर्वमा सिफारिस

1946
views

नवलपरासी, ११ असोज । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईरालालाई प्रतिनिधि सभा संघीय सभाको निर्वाचनमा नवलपरासीको बर्दघाट सुस्तापूर्व क्षेत्र नं १ बाट उम्मेदवार बनाउन सिफारिस गरिएको छ ।
नाम सिफारिस गरिएको क्षेत्रबाट डा कोइराला विसं २०६४ र २०७० को निर्वाचनमा पनि निर्वा्चित हुनुभएको थियो । डा कोइरालालाई नै सो क्षेत्रमा निरन्तरताका लागि गाउँ र नगर कार्यसमितिबाट सिफारिस आएको काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले जानकारी दिनुभयो ।