यसकारण ओरालो लाग्दैछ कास्की फुटबल सामरिक ईतिहास !

1922
views

केशव पाठक
पोखरा, ११ असोज । कास्कीको फुटबल खेल निरन्तर ओरालो लागि रहेको छ । कुनै बेला देशकै ठूलो प्रतियोगितामा लिग खेलमा कास्कीका अधिकांश खेलाडीहरुको सहभागिता रहन्थ्यो । रुपन्देही, सुदुर पश्चिमाञ्चल, झापा जस्ता जिल्लाहरु लिग खेल्न पाउँदा फुटबल खेलको उर्वर भुमी कास्की भने यसबाट बञ्चित नै भयो । तर त्यो समय रहेन कास्कीका वरिष्ठ खेलाडी आनन्द रञ्जित भन्छन । यसको सम्पूर्ण दोषको भागिदार एन्फा नै हो जो कास्कीको फुटबल नेतृत्व सम्हालिरहेको छ ।
लामो समय भयो एन्फा कास्कीले कुनै ठोस कार्यक्रम ल्याउन समेत सकेको छैन । भएका हुने गरेका प्रतियोगितामा समेत कसैलाई थाहा नै हुँदैन । यस्तो हालत हुँदा समेत कास्की जिल्ला खेलकुद विकास समिती समेत चुप नै बसेको छ । कुनै बेला सफल कप र मनकामना कप जस्ता प्रतियोगिता सञ्चालन गरेर एन्फा कास्कीले फुटबल विकासमा केही गर्न खोजेको आभास हुन्थ्यो वरिष्ठ खेलाडी दिनेश श्रेष्ठ भन्छन  ‘१०–१० लाख मनकामना कपका लागि एन्फा कास्कीले प्रायोजन पायो तर उल्टै घाटा भयो भनेको सुन्दा अचम्म नै लाग्यो ।’
कास्कीको फुटबल खेलको प्रायवाची यती बेला सहारा क्लव नै रहेको धेरैको ठम्याइ रहेको छ । ‘तर वर्षमा एक पटक आयोजनाले मात्र फुटबल खेलको विकास हुँदैन’ पुर्व राष्ट्रिय खेलाडी एव प्रशिक्षक कृष्ण थापा भन्छन ‘फुटबलको वागडोर हातमा लिने एन्फा कास्कीले नै धेरै काम गर्नुपथ्र्यो तर कास्की यति बेला फुटबलमा निरन्तर ओरालो लागिरहेकोले चिन्ता लागेको छ ।’

पोखरा आफैमा राम्रो आर्थिक स्रोत जुटने शहर हो ७०(८० लाख ठूलो रकम पनि थिएन । रकम अभाव भएर पक्कै पनि कास्की लिग वाट वञ्चित नभएको हुनुपर्छ । नेतृत्व पंक्तीमा देखिएको समस्या प्रमुख कारण नै हौ । कास्कीले अहिले पनि अनिल गुरुङ्ग जस्ता १० जना खेलाडी उत्पादन गर्ने क्षमता राख्नेमा उनी विश्वस्त छन । काम पनि केही नर्गने अनि संघको कुर्ची समातेर बस्न नहुने उनको तर्क छ ।
कास्कीको इलेभेन ए साइड पछाडी पर्नुको अर्को कारण पनि सेभेन ए साइड र फुटसल पनि भएको धेरैको ठम्याइँ छ । एन्फा कास्कीमा प्रमुख वागडोर सम्हालिरहेका पदाधिकारी नै सेभेन ए साइडको आयोजक वन्दै हिंडेकोमा दुख व्यक्त गर्छन पूर्व वरिष्ठ खेलाडी आनन्द रञ्जित ।
विगतमा भएका मनकामना कप र सफल कपका हिसाव किताव सार्वजनिक नर्गनु एन्फा कास्कीको अर्को नराम्रो पक्ष भएको खेल प्रेमी हरु वताउँछन । एउटा क्लवले देखाउन सक्छ तर एन्फाले देखाउन नसक्नु कारण के ? यसमा धेरै प्रश्न हरु छन । कास्की एन्फाको न त कहिल्यै वैठक वसेको थाहा पाइयो न त हामी सल्लहाकार लाई कहिल्यै वोलाइयो पूर्व वरिष्ठ राष्ट्रिय खेलाडी आनन्द रञ्जित भन्छन कार्यक्रम हुँदा समेत खवर पाइन्न, मैलै कति पटक मलाई काम देउ केही गर्छु भने तर कसैले वास्ता समेत गर्दैन, यस्तो चालाले पनि फुटवल खेल अगाडी वढ्ला र उनी उल्टै प्रति प्रश्न गर्छन ।

एन्फा कास्कीमा करिव ९ वर्ष नेतृत्व सम्हालेका खेम वहादुर गुरुङ्ग कास्कीको फुटवल ओरालो मात्र होइन भुइँमा नै भासिएको धारणा राख्छन । अव अनिल गुरुङ्गको राष्ट्रिय टिम वाट रिटायर्ड पछि कास्कीको प्रतिनिधीत्व शून्य हुने गुरुङ्ग वताउँछन । वर्तमान कास्कीको नेतृत्व केवल कागजी रुपमा सिमित वनेको उनको कथन छ । ‘हामीले कास्कीमा लिग सुरु गरयौं । ८ लाख अक्षयकोष खडा ग¥यौं । त्यसको व्याज वाट एक जना पत्रकार र एक जना खेलाडीलाई प्रोत्साहन र सम्मान समेत गरेका थियौं । त्यो पनि ४ वर्ष देखि ठप्प छ ।’
उनी भन्छन– ‘अहिले सम्म ५ जना खेलाडी र ५ जना पत्रकार सम्मानित भइसक्थे । व्याज समेत लिन नगएर वैंक समेत चकित परेको छ । यो त हदै सम्मको लापरवाही नै हो । अव त रुनु वाहेक केही उपाय नै छैन ।’ उनी अगाडी थप्छन ‘क्षमता विहिन कास्की एन्फाको नेतृत्व देख्दा कुनै वेला म पनि त्यसमा थिए भन्दा लाज लाग्छ । वर्तमान कास्की एन्फाले कत्र्तव्य र अधिकार समेत र्विर्सिएको भान हुन्छ । कुनै वेला कास्की एन्फाको संरक्षणमा रहेको रंगशालाको फुटवल मैदानमा यति वेला धुलो उड्न थालेको छ ।’ ‘केही होटल हरुको रकम समेत नतिरेको गुनासो पटक पटक आउने समेत गर्छ यसरी कसरी चल्छ ?’ उनले भने ।
गुरुङ्ग भन्छन– ‘मैले यस विषयमा पटक पटक कास्की जिल्ला खेलकुद विकास समती संग पनि कुरा गरे । तर उनीहरु कास्कीको फुटवल वारे कुरा सुन्न पनि चाहदैनन । यस्तो गतिले कास्कीको कुनै वेला सम्मानजनक रुपमा हेरिने फुटवल इतिहास नै मेटिने प्रयास हुँदैछ ।’ कास्कीका फुटवल प्रशिक्षक हुन वा खेलाडीहरु यति वेला पलायनको स्थिती छ । कास्कीको फुटवललाई माथी उठाउन खेलिने भुमिकामा प्रयास गर्नु आजको प्रमुख आवश्यक्ता रहे पनि धेरै समय देखि तैं चुप मैं चुपको स्थिती छ । अव भने खुलेर वोल्ने समय आएको धेरैको भनाई छ ।
यस्तै भनाइ संग सहमत छन प्रशिक्षक राजेन्द्र तामाङ्ग ‘कास्कीको फुटवल रसातालमा पुग्यो कसैलाई मतलव नै छैन’ न त प्रशिक्षक न त फुटवल रेफ्री कसैको वास्ता समेत गरिदैन न त वैठक वा भेला नै वोलाइन्छ । ४ वर्ष भयो कास्कीको एन्फा वत्ति वालेर खोज्नु पर्ने स्थितीमा छ जसका कारण अव कास्कीको फुटवल २० वर्ष पछाडी धकेलियो’ उनी चिन्ता व्यक्त गर्छन । ‘भिजन भएको नेतृत्व आउनु पर्छ तव मात्र फुटवल खेलको विकास हुन सक्छ ‘कुनै वेला कास्कीका ३५ जना खेलाडी राष्ट्रिय लिगमा विभिन्न खेलाडी खेल्थे तर अहिले शुन्य प्राय नै छ ।’