असोज १२ गते । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कर कटौतीसम्बन्धी योजना अघि सार्दै देशको इतिहासमै सबैभन्दा ठूलो कर कटौती हुने बताएका छन् । उनले कर प्रणालीलाई सरल र निष्पक्ष बनाउन तथा अमेरिकामा पुनः रोजगारी एवं सम्पत्ति फर्काउन फर्काउन चाहेको बताए ।
ट्रम्पले व्यापारीका लागि कर कटौती गरेका छन् र पुर्ख्यौली सम्पत्ति आर्जनपछिको लाभकर अन्त्य गर्ने बताएका छन् ।
सुधार योजनाले अमेरिकालाई थप प्रतिस्पर्धी बनाउने र मध्यम वर्गीलाई फाइदा र्पुयाउने ट्रम्पको दावी छ । तर डेमोक्रेटहरुले राष्ट्रपतिको त्यस्तो योजनालाई सम्पन्नहरुलाई पुरस्कृत गर्ने प्रतिक्रिया दिएका छन् ।
कर प्रणालीमा सुधार ल्याउने ट्रम्पको चुनावी अभियानको एउटा महत्त्वपूर्ण मुद्दा थियो । आलोचकहरु भन्छन्, यी करहरुको कटौतीले सरकारलाई हुने घाटा अझ बढाउनेछ । राष्ट्रपतिकै रिपब्लिकन पार्टीका नेताहरुले उनको योजनाको विरोध गर्न सक्छन् ।
रिपब्लिकहरुले सार्वजनिक गरेको खाका अनुसार संस्थानहरुले तिर्नुपर्ने कर ३५ प्रतिशतबाट घटाएर २० प्रतिशत र्पुयाइनेछ । ट्रम्पले भने, “म्याद गुज्रिसकेको, जटिल र एकदमै बोझ जस्तो रहेको हाम्रो कर प्रणालीमा परिवर्तन नआएसम्म हाम्रो देशको अर्थतन्त्र जसरी अघि बढ्नुपर्ने हो त्यसरी बढ्न सक्दैन ।“
यसअघि ट्रम्प प्रशासनले अगष्ट महिनाको शुरुतिर कर प्रणालीमा सुधार ल्याउने बताएको थियो ।
चेम्बर अफ कमर्सले कठिन निर्णय हुनेबेला स्रकिय रहने बताए । विविसी










