विश्व शारीरिक सुगठनमा ननिता महर्जनले जितिन् रजत पदक

1973
views

मंगोलियाको उलन्बटारमा जारी नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी ननिता महर्जनले रजत पदक जितिन् ।

उनले महिला १६० सेन्टीमिटर उचाईमा रजत जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव राजन श्रेष्ठले बताए ।

फाइनलमा ननितासहित मंगोलिया, इटाली र भियतनामका गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मंगोलियाले स्वर्ण पदक जित्न् सफल बन्यो भने इटालीले कांस्य र भियतनाम पदक विहिन बन्यो ।
ननिताले विश्व शारीरिक सुगठनमा पदक जितेको यो दोश्रो अवसर हो । गत वर्ष थाइल्यान्डमा भएको यसै प्रतियोगिताको आठौं संस्करणमा ननिताले ऐतिहासिक कांस्य जितेकी थिइन् ।

प्रतियोगितामा ननितासहित २ पुरुष खेलाडीगरी ३ जनाले चुनौंति पेस गरेका थिए । यसै प्रतियोगितामा रुजेशले ६० केजीमा कांस्य जिते भने ५५ केजीमा कमल भण्डारी प्रि जजिङ राउन्डबाटै बाहिरिए ।

नेपालका लागि नवौं विश्व शारीरिक सुगठन ऐतिहासिक भएको महासचिव श्रेष्ठले बताएका छन् उनले भने ‘यसपटक हाम्रा खेलाडीले त्यो उपलब्धि हात पार्दै सारा नेपाली र शारीरिक सुगठन प्रेमीलाई खुशी तुल्याए ।’