कांग्रेस सरकारको लोककल्याणकारी कामः भूकम्प पीडितलाई निर्ब्याजी ऋण

2132
views

काठमाडौं, २३ असोज । सहमति र सककार्यको रनभुल्लमा पर्ने नेपाली काँग्रेस जनतापट्टि फर्किएको छ । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले भूकम्प पीडितहरुलाई निर्ब्याजी ऋण उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भूकम्पपीडितको घर निर्माणका लागि सामूहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधीलाई संशोधन गर्दै धितो जमानीबाट निर्ब्याजी ऋण उपलब्ध गराउने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सामूहिक जमानीमा निर्ब्याजी ऋण उपलब्ध गराउन बैंकहरुले नमानेपछि सरकारले त्यसलाई सम्बोधन गरेर धितो जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने निर्णय लिएको हो । यस्तै, बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दरबन्दी संगठन संरचनालाई स्वीकृत गर्ने निर्णय पनि गरेको कार्कीले बताए ।