विश्वकप फुटबलमा अहिलेसम्म छानिए यी १५ टोली

1707
views

काठमाडौं,२३ असोज । अफ्रिकी समूहबाट इजिप्ट अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छानिएको छ ।
आइतबार राति भएको खेलमा कंगोलाई २–१ ले हराउँदै इजिप्ट सन् १९९० पछि पहिलोपटक विश्वकप फुटबलमा छानिएको हो ।
खेलमा इजिप्टलाई विजयी गराउन दुवै गोल लिभरपुलका खेलाडी मोहम्मद सालहले गरे ।
आइतबार रातिका खेलहरुपछि अर्को वर्ष रुसमा हुने विश्वकपका लागि अहिलेसम्म १५ टोली छनोट भएका छन् ।
यसरी छनोट भइसकेका टोलीहरमा युरोपबाट आयोजक रुससहित जर्मनी, इंग्ल्यान्ड, स्पेन, बेल्जियम र पोल्यान्ड, अफ्रिकाबाट नाइजेरिया र इजिप्ट, दक्षिण अमेरिकाबाट ब्राजिल, एसियाबाट इरान, जापान, दक्षिण कोरिया र साउदी अरब, उत्तर तथा मध्य अमेरिकी समह कोन्काकाफबाट मेक्सिको र कोस्टारिका रहेका छन् ।