व्यँवसायी महासंघका अध्यक्ष गौचन हत्याको नेजस अमेरिकाद्वारा भत्र्सना

1055
views

काठमाडौँ, २५ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको नेपाली जनसम्पर्क समिति ९नेजस० अमेरिकाले भत्सर्ना गरेको छ । समितिका महासचिव मुनिन्द्र नेम्बाङले प्रेस विज्ञप्ती जारी गरी घटनाको भत्र्सना गरेका हुन् । विज्ञप्तीमा व्यवसायी गौचनको हत्याको खबरले आफूहरुलाई दुखित बनाएको भन्दै छिटो भन्दा छिटो हत्यारा पत्ता लगाउन नेपाल सरकारसँग जोडदार माग गरिएको छ ।
विज्ञप्तीमा यस्तो आततायी, कायरतापूर्ण तथा अमानवीय हत्याको नेपालीजनसंपर्क समिति अमेरिका घोर भर्त्सना गर्दै, घटनामा सम्लग्न अपराधिलाई छिटो पहिचान गरीकडा कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछ’ भनिएको छ । मुलुक क्रमशः राजनीतिक स्थायित्वतर्फ गइरहेको र व्यवसायले प्राथमिकता पाउँदै गरेको अवस्थामा यस्तो बर्बर घटनाले सिंगो व्यावसायिक क्षेत्रमा त्रास र संशयको अवस्था श्रृजना भएको भन्दै यसले गर्दा मुलुकमा विस्तारै बन्दै गरेको लगानीको वातावरण र समृद्धिमा ठुलो नकारात्मक असर पुग्ने ठहर व्यक्त गरिएको छ ।
आफ्नै मुलुकभित्र उद्योगी व्यवसायीको सुरक्षा नहुँदा वैदेशिक लगानीमासमेत नकारात्मक प्रभाव पर्न गई, सिंगो देशको आर्थिक समृद्धमा अवरोध हुने तर्फ सरकारको ध्यानाकर्षण समेत गरिएको छ । समितिले सर्वसाधारण नेपाली जनता र मुलुकको समृद्धिमा टेवा पुर्याउने सम्पूर्ण उद्योगी व्यवसायीको पूर्ण सुरक्षाको प्रत्याभूती गर्न, मुलुक भित्र शान्ति सुरक्षाको अवस्था मजबुत भएको आभास आम जनमानसमा दिलाउन माग गर्दै स्वर्गीय गौचनको आत्माको चिरशान्तिको कामना शोकसन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गरिएको छ ।