सरकारमा सामेल, प्रतिपक्षसँग गठबन्धन बेईमानी काम–राणा

1512
views

भक्तपुर २६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर राणाले सरकारमा पनि सामेल हुने र प्रतिपक्षिसँग पनि गठबन्धन गर्ने वईमानी काम भएकोले नेकपा (माओवादी केन्द्र) सरकार छाड्नपर्ने बताए ।
रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष राणाले प्रतिपक्षसँग गठबन्धन गरेको माओवादीले सरकार छोड्दा प्रतिष्ठा बढ्ने बताए ।
अध्यक्ष राणाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा उपत्यकाभित्रै भएको निर्माण व्यवसायी महासङ्घका अध्यक्षको हत्याले सुरक्षा अवस्था कमजोर रहेको तथ्यले प्रस्ट्याएको समेत बताए । उनले राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच अबको दुई–चार दिनमै पार्टी एकता हुने विश्वास पनि व्यक्त गरे ।