असोज १४ काठमाण्डौ । एएफसी फुटसल च्याम्पियन्ससिप छनोट खेल्न बिहीबार राति इरान प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय फुटसल टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फा अन्तर्गतको एन्फा फुटसल समितिले विदाई गरेको छ । फुटसल च्याम्पियन्ससिप खेल्ने यो पहिलो नेपाली राष्ट्रिय फुटसल टोली हो ।
इरान १४ खेलाडी, २ प्रशिक्षक, म्यानेजर, फिजियो तथा ५ अफिसियलहरुलाई एन्फाका अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ, तथा फुटसल समितिका अध्यक्ष रमेश राइमाझीले सयुंक्त रुपमा विदाई गरेका हुन ।
विदाई कार्यक्रममा एन्फा र जर्सी पसल नेपाल प्रा.लि बीच अफिसियल किट्सका विषयमा तीन वर्षे सम्झौता भएको सँगै प्रत्येक वर्ष जर्सी पसलले फुसटल टोलीलाई १० लाख बराबरको सामाग्री प्रदान गर्नेछ ।
च्याम्पियन्ससिपको समूह ए मा नेपालसँगै उज्वेकिस्तान, किर्गिस्तान र तुर्कमिनेस्तान रहेका छन् । सुरज राउतको कप्तानीमा रहेको नेपाली टोलीमा अनिस श्रेष्ठ, सुमित कुमारआले, सौरभ रख्याल मगर, राज शाही, अमित तामाङ, नवीन लामा (उपकप्तान), अरुज सिंह, विनोद गुरुङ, मणि कुमार लामा, अभय राना, सुशन श्रेष्ठ, सन्जोग महर्जन र निर्मल गुरुङ रहेका छन् । नेपाली टोलीको मुख्य प्रशिक्षक राकेश श्रेष्ठ छन् भने सहायक प्रशिक्षक राजेश शाही छन् । टोलीको