निर्वाचन आयोगका पदाधिकारी शीतलनिवास पुगे

726
views

काठमाडौं, २८ असोज । सरकार विस्तारबारे छलफल गर्न निर्वाचन आयोगका पदाधिकारी र सचिवसमेतको टोली शीतलनिवास पुगेको छ ।
राष्ट्रपति कार्यालयले सरकार विस्तार आचारसंहिता विपरीत भएको भन्दै सपथ ग्रहणको समय सरकारलाई उपलब्ध नगराएपछि उक्त टोली शीतलनिवास पुगेको हो । राष्ट्रपतिले यसबारेमा आयोगको धारणा बुझेपछि निर्णय लिने बताइएको छ ।
सरकार विस्तार कार्यलाई निर्वाचन आयोगले आचारसंहिता विपरीत कार्य बताउँदै आएको छ । तर, सपथग्रहण कार्यक्रम नै रोक्ने या नरोक्ने भन्नेबारेमा आयोगले कुनै निर्णय दिन सकेको छैन । यसैवीच शीतलनिवास जानूपूर्व निर्वाचन आयोगमा प्रमुख आयुक्त र आयुक्तहरुले आन्तरिक छलफल गरेका थिए । सो छलफलपछि आयोगका पदाधिकारीहरु शीतलनिवास गएका हुन् ।