सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता नबोलाउने माओवादी केन्द्रको निर्णय

992
views

काठमाडौं, २८, असोज । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता फिर्ता नबोलाउने भएको छ ।
शनिबार माओवादी केन्द्रको बैठकले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता नबोलाउने निर्णय गरेको छ । बैठकले सरकारलाई दिएको समर्थनसमेत फिर्ता नलिने निर्णय गरेको छ ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने आशंका गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेनि निर्धारीत समयमा नै निर्वाचन होस् भन्नका लागि सरकारलाई दिएको समर्थन फिर्ता नलिने र मन्त्रीहरुलाई पनि फिर्ता नबोलाउने निर्णय गरेको हो ।
माओवादी केन्द्रको बैठकले प्रधानमन्त्री देउवाले गरेको मन्त्रिपरिषद विस्तार आचारसंहिताविपरीत भएकोठहर समेत गरेको छ ।
बैठकलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटार पुगेर भेटवार्ता गर्दै मन्त्रिपरिषद विस्तार गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको बताइएको छ ।