सामुन्द्रिक आँधीका कारण नेपाल र हङकङबीचको खेल रोकियो

876
views

असोज, २९ गते । विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको छैटौं चरणको खेल अन्तर्गत आइतबार हुने भनि तय भएको नेपाल र हङकङबीचको दोस्रो खेल समुन्द्रिक आँधीका कारण रोकिएको खेल समोमवार हुने भएको छ ।
शनिबारदेखि सुरु भएको समुद्री आँधी (टाइफुन) आइतबार पनि जारी रहेकाले सुरक्षाका कारण खेल रद्द भएको हङकङ क्रिकेट सामाजिक सञ्जालमा जनाइएको छ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाललाई घरेलु टोलीले हङकङले ८३ रनले पराजित गरेको थियो ।