समानुपातिक उम्मेदवारको टुंगै नलगाई बन्दसूचि पेश

755
views

असोज ३० गते । समानुपातिक उम्मेदवारकोे लागि ५५ दलहरुले आइतबार राति अबेरसम्म समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् ।
नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपालगायतका दलहरुले उम्मेदवारको अन्तिम टुंगो नलाएरै बन्दूसीच पेश गरेका छन् । निर्वाचन आयोगले तोकेको समयसीमा भित्र बुझाउनै पर्ने भएका कारण दलहरुले बुझाएको बन्दसूची हेरफेर हुने छ । दलहरुले हतार हतारमा प्रक्रिया पूरा गर्न पत्र बुझाएका हुन् ।
नेपाली काँग्रेसले पाँच बजे टोकन लिएर ७ बजे मात्र बन्दसूची बुझाएको थियो । कात्तिक १५ गतेसम्म सूचीमा थप्ने र हटाउने क्रम जारी रहनेछ । यसअघि कात्तिक ५ गतेसम्मलाई भनेको थियो ।
निर्वाचन आयोगले अन्तिम नामावली कात्तिक १७ गते सार्वजनिक गर्नेछ । यसमा पनि दाबी विरोधको लागि समय छुट्याइएको छ । कात्तिक १८ देखि २४ गतेसम्म दाबी विरोध गर्न पाईने छ ।
यसमा २५ कात्तिकदेखि १ मंसिरसम्म आयोगले छानविन गर्नेछ र मंसिर २ गते हटाइएका उम्मेदवारहरुको सूचना प्रकाशति गर्नेछ । मंसिर २ गतेसम्म अहिले पेश गरेका नाममा कसैले ढुक्क हुन सक्ने अवस्था छैन ।