काँग्रेस–माओवादीको दुरी बढ्योः माओवादी मन्त्रीले सरकार छाड्दै

876
views

काठमाण्डौ, ३१ असोज । काठमाडौं । माओवादी केन्द्रले सरकार छोड्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको ४८ घण्टे समयसीमाभित्रै माओवादी मन्त्रीहरु आजै ९मंगलबार० नै सिंहदरवारबाट बाहिरन लागेका हुन् ।
आजसम्म सरकारबाट नहटे प्रधानमन्त्रीले देउवाले माओवादी मन्त्रीलाई विना विभागमा धकेल्ने तयारी गरेका थिए । यसैबीच गृहमन्त्री प्रभाकरले दिउँसो दुई बजे मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्ना सबै मन्त्रीलाई आजै फर्कन निर्देशन दिएको बताइएको छ ।
उता प्रधानमन्त्री देउवाले पनि आजै मन्त्रिमण्डलको कार्य्विभाजन गर्दैछन् । गृहमन्त्रालयमा कमल थापा र विजयकुमार गच्छदारले दाबी गरेका छन् । देउवाले सकेसम्म गच्छदारलाई गृहमन्त्री बनाउने बताइएको छ ।