हङकङसँग नेपाल ८४ रनले पराजित

705
views

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतङ नेपाल हंङकङसँग ८४ रनले पराजित भएको छ ।
हङकङले नेपाललाई दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३४.५ ओभरमा १११ रन बनाउँदै अल आउट भएको हो ।
हङकङले ५० ओभरमा अलआउट हुँदै १९४ बनाएको थियो । हङकङको मोङकोकस्थित मिसन रोड मैदानमा भएको खेलमा नेपालले टस जितेर हङकङलाई व्याटिङको निम्तो दिएको थियो ।
नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २६ रन, आरिफ शेखले २३, उपकप्तान ज्ञानेन्द्र मल्ल २१ र विनोद भण्डारीले १८ रन बनाए पनि अन्य ब्याट्सम्यान जम्न सकेनन् ।