भूकम्पले ध्वस्त भएका सरकारी कार्यालय भवन धमाधम निर्माण हुँदै

1005
views

धादिङ, ३१ असोज । साढे दुई वर्षअघिको भूकम्पले ध्वस्त भएका धादिङका सरकारी कार्यालयका भवन पुनर्निर्माणको कामले तीव्रता पाएको छ ।
भूकम्पबाट भत्किएका दर्जनौं सरकारी भवनमध्ये हालसम्म ३० वटाको पुनर्निर्माण भईसकेको छ भने अन्य भवन निर्माणको काम तीव्र गतिमा अघि बढेको छ ।
सबैभन्दा बढी स्वास्थ्य संस्थाका भवनको पुनर्निर्माण काम सकिएको शहरी विकास तथा भवन डिभिजन कार्यालय धादिङले जनाएको छ ।
भूकम्पका कारण धादिङका ११ गाविस भवन, ४९ वटा स्वास्थ्य चौकी, ३ सय १८ वटा विद्यालयका भवन र नगरपालिका क्षेत्रभित्रका ५१ वटा सरकारी कार्यालयका भवन पूर्णरुपमा ध्वस्त भएका थिए ।