साइप्रसमा घेदुंगको प्रथम बार्षिक उत्सव सम्पन्न

976
views

असोज, ३१ गते । विश्वमा छरिएर रहेका तामाङ जातिको उत्थान, भाषा, धर्म र संस्कृतिको सम्र्बद्धन गर्ने उद्देश्यले युरोपमा स्थापना गरिएको तामाङ घेदुङ साईप्रस शाखाले आफनो प्रथम बार्षिक उत्सव तथा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
तमाङ घेदुगं साईप्रसकी अध्यक्ष नानु गोम्जा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा विश्वमा रहेका तामाङ जातिहरुले नेपाल र नेपालीहरुको शिर जहिले उच्च राखेको र उनिहरुको संस्कृति, भाषा र पहिरनलाई विदेशी भूमिहरुमा प्रबद्र्धन गराउन र विदेशमा रहेका सबै समुदायहरुको पहिचानलाई प्रर्दशन गरेर विदेशी पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्नुपर्नेमा सहभागिहरुले जोड दिएका थिए ।
साईप्रस देशका महाबाणिज्य दूतावासका प्रमुखदूत डा. रामजीवन पञ्जियरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गैरआवासीय नेपाली सघं साईप्रसका महासचिव अन्तेश राउत, उपाध्यक्ष योवागं घले, ब्रिटिस गोर्खा साईप्रसका सुरेश परियार, किरात राई सेवा समाज साईप्रसकी अध्यक्ष ध्रुव राई, चितवन सेवा समाजकी अध्यक्ष जासु पुन मगर, एनआरएनए साईप्रसका सल्लाकार सुरेश शाह, समाजसेबी विरेन भट्ट लगायतले शुभकामना दिएका थिए ।
घेदुगंकी महासचिव माया लोचन तामाङको सञ्चालनमा भएको कार्यक्रममा नयाँ सदस्यहरुलाई खादा ओडाएर स्वागत गरिएको थियो ।