सन २०५० सम्ममा चीन ‘महान आधुनिक समाजवादी राष्ट्र’

807
views

काठमाडौं, १ कार्तिक – चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनलाई २१ शताब्दीको मध्यसम्ममा चनि ‘महान आधुनिक समाजवादी राष्ट्र’ बनाउने बताउनुभएको छ ।
बेइजिङको ग्रेट हल अफ द पिपुलमा चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं नेसनल कंग्रेसमा बोल्दै उहाँले चीनलाई थप शक्तिशाली बनाउने घोषणा गर्नुभएको हो । सीपीसीले चीनलाई २१ औं शताब्दीको मध्यमा महान समाजवादी राष्ट्र बनाउने योजना दुई चरणको बिकासको दोश्रो चरण हो । सन २०२० देखि २०५० सम्ममा राष्ट्रपतीको यो घोषणाले मुर्तरुप पाउनेछ ।
राष्ट्रपति सीले चिनियाँ बिशेषतासहितको समाजवादको बिकासका निम्ति रणनीतिक दृष्टिकोणको आब्हान समेत गर्नुभयो । त्यसका केही आधार समेत उहाँले राख्नुभयो । सन २०२० देखि २०३५ सम्म समाजवादी आधुनिकिकरणका लागि जग निर्माण गरिने छ भने वाँकी समयमा आधुनिक समाजवादी राष्ट्र नै घोषणा गरिनेछ । त्यसमा समुन्नत,बलियो, प्रजातान्त्रिक, सुन्दर चीन निर्माण हुनेछ ।
राष्ट्रपति सीले सन २०५० सम्ममा राष्ट्रहरुको समुदायको एक गर्ब गर्न लायक र सक्रिय सदस्य हुने बताउनुभयो । चिनियाँ कंग्रेस प्रत्येक पाँच बर्षमा हुने सीपीसीको सबैभन्दा महत्वपूर्ण राजनीतिक भेला हो । यसले नीति र नेतृत्व चयन गर्नेछ । सिन्ह्वा