मेस्सी र नेयमारलाई पछाडी पार्दै फेरी पनि रोनाल्डोले नै मारे बाजी

984
views

पोर्चुगल र रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले लगातार दोस्रोपटक फिफा वर्ष खेलाडीको उपाधि जितेका छन्। सोमबार राती लण्डनमा भएको समारोहमा अन्तिम सुचीमा रहेका लिओनल मेस्सी र नेमारलाई उछिन्दै रोनाल्डोले यो बर्षको फिफा बर्ष खेलाडीको अवार्ड जितेका हुन्। योसँगै उनले लगातार दुई वर्ष यो अवार्ड हात पारेका हुन्। गत वर्षपनि रोनाल्डोले यो अवार्ड जितेका थिए। यसअघि उनले चारपटक बालोन डि’ओर अवार्ड जितेका छन्। सन् १९९१ बाट फिफाले वर्ल्ड प्लेअर अफ दी इअरको नामबाट यो अवार्ड दिन थालेको थियो। सन् २०१० देखि २०१५ सम्म फ्रान्सेली म्यागेजिनसँगको सहकार्यमा बालोन डे’अरको नामबाट यो अवार्ड प्रदान गर्न थालियो। २०१५ मा फ्रान्स म्यागेजिनले छुट्टै बालोन डे’ओर अवार्ड गर्ने भनेपछि फिफाले गत संस्करणबाट फिफा बेस्ट अवार्ड दिन थालेको हो।

यसवर्ष रोनाल्डोले लालिगा र च्याम्पियन्स लिगको उपाधि जितेका थिए। म्याड्रिडले फिफा क्लब विश्वकप २०१६ को उपाधि पनि उचालेको थियो भने उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी भएका थिए।रोनाल्डोले गतसिजनमा लालिगामा २५ च्याम्पियन्स लिगमा १२ गोल गरेका थिए। उनले युभेन्ट्सविरुद्धको फाइनलमा २ गोल गरेका थिए।

पाँचचोटी बालोन डी’ ओर जितेका अर्जे्न्टिनाका फरवार्ड मेस्सी र ब्राजिलका फरवार्ड नेयमारलाई पछि पार्दै उनले यो अवार्ड हात पारेका हुन्।

यसबाहेक फिफाले सोमबार राती निम्नानुसार व्यक्तिहरुलाई वेष्ट अवार्ड प्रदान गरेको थियो ।

‘द बेष्ट’ पुरुष खेलाडीः क्रिस्टियानो रोनाल्डो
‘द बेष्ट’ महिला खेलाडीः लिके मार्टिन्स (नेदरल्याण्ड)
‘द बेष्ट’ पुरुष प्रशिक्षकः जिनेदिन जिदान (रियल म्याड्रिड फुटबल क्लब)
‘द बेष्ट’ महिला प्रशिक्षकः सरिना विग्मन (नेदरल्याण्ड)
‘द बेष्ट’ फिफा गोलकिपरः जियानलुइजि बुफन (ईटाली र युभेन्टस)
फिफा फेअर प्ले अवार्डः फ्रान्सिस कोने (टोगो)
फिफा पुस्कास अवार्डः ओलिभर जिरुड (फ्रान्स र आर्सनल)
फिफा फ्यान अवार्डः सेल्टिक फुटबल क्लब
फिफा विश्व ११ः बुफन, बोनुचि, रामोस, मार्सेलो, आल्भेस, मोद्रिच, ईनिएस्टा, क्रुज, मेस्सी, रोनाल्डो, नेयमार