त्रिशुलीमा बस खस्दा दुईको मृत्यु, १३ जना घाइते, करिव ३४ जना बेपत्ता

792
views

११ कार्तिक, २०७४
नवदृष्टि संवाददाता,

धादिङ :राजविरावजबाट काठमाडौं आउँदै गरेको बस धादिङको घाटबेसी बांगे मोडबाट त्रिशुली नदीमा खसेको छ । राजविराजबाट काठमाडौं जादैँ गरेको शनिबार बिहान करिव साढे ५ बजे ना६ख १४६७ नम्बरको सन्तोष ट्राभल्स को बस त्रिशुलीमा खस्दा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् भने ३४ जना बस भित्रै रहेका अनुमान गरिएको छ।

प्रहरीले बसभित्र रहेको सबैको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । प्रहरीले उद्दार कार्य जारी राखेको भएपनि बस नदी भित्रै रहेकोले जिउँदो भेट्टाउन मुस्किल रहेको बताएको छ । घटनास्थलमा अहिले उद्दार गर्नको लागि कुरिनटारबाट गोताखोर समेत आएकसकेका छन् । उद्दारमा खटिएका धादिङ प्रहरी प्रमुखमा एसपी ध्रुवराज राउतले घाइतेमध्ये २ जनालाई काठमाडौंको ट्रमा सेन्टर लगिएको बताए । उनका अनुसार बाँकी १३ जनालाई गजुरी अस्पतालमा उपचारको लागि पठाइएको छ । उनले भने, ’बसमा कति यात्रु थिए भन्ने यकिन भएन । घाइतेहरुलाई सोध्दा करिव ५० जना रहेको बताए ।’ गजुरी अस्पतालमा उपचार गरिरहेका यात्रुका अनुसार बसको छतमा समेत यात्रु खचाखच थिए ।

पृथ्वीराजमार्ग अन्र्तगत गजुरी गाउँपालिकाको घाटबेसी भन्ने ठाउँमा बस खस्दा दुईजनाको शव फेला परेको हो । अन्य व्यक्तिको खोजीकार्य जारी रहेको छ । बस पानीमुनी रहेको पत्ता लागेपनि हेर्दा देखिने अवस्थामा छैन् । प्रहरी, सशस्त्र, जनपद, रेडक्रस, स्थानीयले उद्वार गरिरहेका छन् ।