इङ्लिस प्रिमियर लिग फुटबलमा आज सात खेल हुँदै

869
views

काठमाडौं,११ कात्तिक । इङ्लिस प्रिमियर लिग फुटबलमा आजदेखि दशौं चरणका खेल हुँदैछन् । प्रतियोगिताअन्तर्गत आज सात वटा खेल हुँदै छन् ।
नेपाली समयअनुसार साँझ सवा ५ बजे हुने आजको पहिलो खेलमा अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड र तेस्रो स्थानमा रहेको टोटनह्याम हट्पस भिड्दै छन् ।
यो खेल निकै प्रतिस्पर्धात्मक हुने बताइएको छ । नवौं चरणका खेलसम्म अंक तालिकामा म्यान्यु र टोटनह्यामको समान २०र २० अंक रहेको छ ।
त्यसैगरी साँझ पौने ८ बजे पाँच वटा खेल हुँदै छन् ।
आर्सनल र स्वान्सी सिटी, क्रिस्टल प्यालेस र वेस्टह्याम युनाइटेड, लिभरपुल र हडल्फिल्ड टाउन, वार्टफोर्ड र स्टोक सिटी भिड्दा वेस्टब्रोम र म्यानचेस्टर सिटी प्रतिस्पर्धा गर्दै छन् ।
त्यसैगरी राति सवा १० बजे बर्नमाउथ र चेल्सी पनि भिड्दै छन् ।