चेल्सीको कठिन जित

763
views

कार्तिक १२, इंग्लिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन चेल्सीले कठिन जित निकालेको छ । एडन हेजार्डको निर्णायक गोलमा चेल्सीले बर्नमाउथलाई १–० ले हरायो ।
जितपछि चेल्सीको १९ अंक भएको छ र चौथो स्थानमा छ । म्यानचेस्टर सिटी २८ अंकमा शीर्ष स्थानमा छ र उसले अर्को खेलमा वेस्ट ब्रुमलाई ३–२ ले हरायो ।
दोस्रो स्थानका म्यानचेस्टरले यसअघि टोटनहमलाई १–० ले पन्छाएको थियो । म्यानचेस्टर २३ अंकमा दोस्रो स्थानमा छ । शनिबारका अरु खेलमा आर्सनलले स्वान्सी सिटीलाई २–१, लिभरपुलले हडर्स्फिल्डलाई ३–० र स्टोक सिटीले वाटफोर्डलाई १–० ले हरायो ।